नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको जिल्ला अधिवेशन स्थगित


    नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको आज बसेको भर्चुअल बैठकले आसन्न १३ औं जिल्ला अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस कोभिड १९ को तेस्रो लहर बढेसंगै स्वास्थ्य जोखिमतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो । 

माघ १३ र १४ गते अधिवेशन गर्ने पूर्वघोषित तालिका बमोजिम १० वटै स्थानीय पालिकाहरु तयार रहेपनि नेपाल सरकारको पछिल्लो निर्णय अनुसार यस्तो निर्णय लिनुपरेको संगठनको दावी छ । जिल्ला समितिका कतिपय पदाधिकारी लगायत संगठनमा आवद्ध शिक्षकहरु समेत कोरोनाबाट प्रभावित भएपछि हाललाई अधिवेशहन स्थगन गरिएको हो । 

नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेस सचिवालय सदस्य मोहन प्रसाद शर्माको प्रमूख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संगठन  उपाध्यक्ष लक्ष्मी गजुरेल,कार्यवाहक सचिव प्रतिमा गौतम,कोषाध्यक्ष जयप्रसाद पोखरेल, सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल, प्रचार विभाग प्रमुख सुनिल गौतम लगायत विभिन्न १० वटै स्थानीय कमिटिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.