जनप्रिय मावि बन्यो प्रविधीमैत्री

                                            ३१ जना शिक्षकले पाए ल्यापटप 



 हटियास्थित जनप्रिय मावि प्राविधिक शिक्षालयका शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । बुधबार बिहान एक कार्यक्रमका बीच विद्यालयका पूर्णकालिन ३१ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको हो । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अनलाईन कक्षाका लागि र प्रविधिमैत्री शिक्षाका लागि यस्तो कार्यक्रम अघि सारिएको हो । 

संघीय सरकार अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त भएको ल्यापटप हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमूख आतिथ्यतामा शिक्षकलाई हस्तान्तरण गरिएको  हो । नमूना विद्यालयका लागि प्राप्त हुने ५० लाख रुपैयाँ अनुदान रकम मध्ये १७ लाख रुपैयाँ लागतमा ३१ थान ल्यापटप खरिद गरिएको विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिनुभएको छ ।

कार्यक्रममा वडाअध्यक्ष रामकृष्ण कोइरालाले वडा कार्यालयको तर्फबाट विद्यालयलाई स्रोतसाधन उपलब्ध गराउने, विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ल्यापटप हस्तान्तरणपछि विद्यालयका शिक्षक युक्तलाल बिश्वकर्माले ल्यापटप प्राप्त भएपछि शैक्षिक क्रियाकलाप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुहुँदै शिक्षकहरुमा हौसल थपिने बताउनुभयो । ल्यापटप वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खतिवडा, शिक्षक अभिभावक संघका सदस्यको पनि उपस्थिति रहेको थियो । शिक्षकहरुले प्राप्त गरेको ल्यापटपबाट अधिकतम शैक्षिक गुणस्तर ल्याउनेमा जोड दिने समेत प्रतिबद्धता ब्यक्त गरेको शिक्षक विदुर सापकोटाले बताउनुभयो । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डलले सञ्चालन गर्नुभएको हो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.