नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिको भर्चुअल बैठकले राष्ट्रिय महाधिवेशन पून स्थगित गरेको छ । देशभरका जिल्ला अध्यक्षहरु सहितको बैठले आज यस्तो निर्णय गरेको हो । पछिल्लो समय देशमा बढ्दै गईरहेको कोरोना भाइरस कोभिड १९ को महामारीका कारण महाधिवेशन स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमूख अभिमन्यू गौतमले बताउनुभयो ।
केन्द्रीय अध्यक्ष चुडामणी शर्मा कट्टेको अधयक्षतामा भएको अन्तरक्रियात्मक कार्यक्रमले पूर्व सूचना अनुसार माघ १५ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन वातावरण सहज भएपछि सम्मापन्त्रन गर्ने निर्णय गरेको छ । यो संगै अधिवेशन हुन बाँकी जिल्लाहरुमा समेत हाललाई अधिवेशन स्थगित गराउने निर्णय गरिएको गौतमले बताउनुभयो । हाल सम्म यस समाजको २३ वटा जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन भएकाे छ ।
नेपाल निवृत्त शिक्षक समाज शिक्षकहरुकाे सेवामूलक साझा संस्था भएकाले शिक्षकहरुका आवश्यक समस्याहरुकाे पहिचान गरि समाधान गर्न गराउन लाग्न सवै प्रदेस तथा जिल्ला समितिहरुलाइ केन्द्रले आग्रह समेत गरेकाे छ । यसका लागि शुरुवाती कार्यक्रम अन्तर्गतत वागमती प्रदेशका सामुदायीक विद्यालयहरुमा शैक्षिक गुणस्तर विकास गर्न प्रदेस स्तरिय शिक्षकहरुकाे गाेष्ठी गर्न आवश्यक तयारी भईरहेको समितिले जनाएको छ ।
समाजले आफ्नो विधान संसाेधन गर्न गठन गरेकाे विधान मस्यादा समितिले देशभरीका जिल्ला समितिहरु वाट सुझाव संकलन गरि केन्द्रीय समितिमा पेश गरीसकेकाले अब हुने महाधिवेशन वाट उक्त विधान पारीत हुने समेत जनाइएकाे छ ।
आयाेजित भर्चुअल अन्तरकियात्मक कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ध्रुवर्राज शर्मा अर्याल, केन्द्रीय उपाध्यक्ष महेन्द्र सिं वम, केन्द्रीय सल्लाहाकार रमाकान्त सापकाेटा , प्रेम सिं वाेहाेरा , केन्द्रीय महासचिव इश्वर वहादुर श्रेष्ठ सहकाेषाधयक्ष खिमकान्त पराजुली, गण्डकी प्रदेस संयाेजक ताेयानाथ लामीछाने वागमती प्रदेस उपाध्यक्ष ऋषि वराल केन्द्रीय सदस्य गेहेन्द्रराज विष्ठ , शंकर दिवस मजगैया ले समेत मनतव्य दिनुभएकाे थियाे ।
यसै गरि देशभरीका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष , उपाध्यक्ष तथा सचिवहरुले मनतव्य दिनुहुनेहरुमा दाेलखा सचिव राम प्रसाद सापकाेटा, रामेछाप सचिव सिन्धुली केन्द्रीय प्रतिनिधि चुडामणि देवकाेटा काठमान्डू वाट वद्री दहाल चितवन वाट कमलीकान्त घिमिरे , राैतहटवाट दुर्गा प्रसाद दहाल,सर्लाहीवाट चिरञ्जीवी मिश्र सप्तरीवाट रमाकान्त यादव महाेत्तरी वाट चन्द्रमाेहन कनाेदिया ,पर्सा वनट मीरा प्रधान ,नवलपुरवाट भागवत गाैतम गाेरखावाट रामवावु श्रेष्ठ ,तनहुँ वाट रमेशचन्द्र हङखले ,कास्कीवाट छविलाल आचार्य दाङवाट गाेविन्द पाैडेल दैलेख वाट यज्ञ प्रसाद अधिकारी कैलालीवाट मदन जाेशी कञ्चनपुरवाट सचिव रहनुभएकाे थियाे भने वाग्लुङ वाट टिकनराम सापकाेटा र मकवानपुरवाट इन्द्र सञ्जेलकाे उपस्थित रहेकाे थियाे ।

