नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुर आज जिल्लाका १० ओटै स्थानीय तहमा संगठनमय भएको छ । संगठन जिल्ला समितिको निर्णयानूसार आसन्न जिल्ला अधिवेशनलाई लक्षित गर्दै मकवानपुरका १० वटै स्थानीय तहमा संगठनले यस्तो कार्यक्रम आयोजना गरेको हो ।
ने रा शि सं मकवानपु जिल्ला समितिको मंसिर ०८ को निर्णय अनुसार पुस १७ गते शनिवार जिल्लाव्यापी रुपमा सञ्चालन हुने पालिका स्तरीय बिस्तारित बैठक एवम् प्रशिक्षणमुलक कार्यक्रम हुने निर्णय बमोजिम यस्तो कार्यक्रमको आयोजना गरिएको जिल्ल प्रचार बिभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । १० वटा स्थानीय पालिका मध्ये बागमती पालिकामा श्रीराम दाहालको संयोजकत्वमा सुनिल गौतम,राम बहादुर थोकर,रामकुमार बर्तौला त्यसैगरी त्यसैगरी भिमफेदी पालिकामा जिधराज ढकालको संयोजकत्वमा किशोर पराजुली,चुडा पौडेल,लक्ष्मी अधिकारी, शिव प्रसाद चौलागाईको उपस्थितीमा कार्यक्रम भएको हो ।
इन्द्रसरोवर पालिकामा कृष्ण पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा शुभद्रा लामिछाने,लक्ष्मी काफ्ले , शुभद्रा हुमागाई, लक्ष्मी रिमाल त्यसैगरी थाहा पालिकामा लक्ष्मी गजुरेलको संयोजकत्वमा विरमान स्याङ्तान,नवराज अर्याल,अनिल पराजुली,सविता लामिछाने एवम् मनहरी गाउँपालिकामा चन्द्रादेवि लामाको संयोजकत्वमा जनकलाल ब्लोन,सन्तोष लामिछाने,अकुर प्रसाद गौतम त्यसैगरी कैलास गाउँपालिकामा किशोर बर्तौलाको संयोजकत्वमा भगवती श्रेष्ठ,श्रीनारायण महतो,सचिन लामा,लक्ष्मी चौलागाई त्यसैगरी राक्सिराङ गाउँपालिकामा प्रतिमा गौतमको संयोजकत्वमा पिताम्बर बास्तोला, मोहन न्यौपाने काजिराम मोक्तान, सिताराम दाहाल,रामशरण रिजाल लगायतको उपस्थितिमा सम्पन्न भएको हो । हेटौंडा उपमहानगर, मकवानपुरगढी र बकैया गाउँपालिकामा भने यो कार्यक्रम केही दिनका लागि विविध कारणले स्थगित गरिएको हो ।
राष्ट्रिय शिक्षक संगठन वागमती गाउँ समितिको तेस्रो गाउँ परिषद् तथा प्रशिक्षणात्मक भेला आज यसैबीच जनता मावि फापरबारीमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछानेको प्रमूख आतिथ्यता तथा जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहाल तथा प्रचार विभाग प्रमूख सुनिल गौतमको विशेष आतिथ्यतामा तेस्रो परिषद् सम्पन्न भएको हो । परिषद् मा प्रमूख अतिथि रमेशप्रसाद लामिछानेले प्रशिक्षणात्मक मन्तब्य दिनुभएको हो ।
हेर्नुहोस् तस्विरहरु :





