जनप्रिय मावि हेटौंडाले शुरु गर्यो शिक्षक तालिम

   



 जनप्रिय मावि हेटौंडाले आधारभूत तहका शिक्षकहरुको लागि  ४ दिने विषयगत शिक्षक तालिम शुक्रबारबाट शुरु गरेको छ । शिक्षकको पेशागत दक्षता विकास र शिक्षामा गुणस्तर सुधारका लागि तालिम कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक नमराज अर्यालले बताउनुभएको हो । 



विद्यालयले आफ्नै लागनीमा शिक्षकहरुको पेशागत दक्षता अभिबृद्धिका लागि सकरात्मक प्रयास थालनी गरेकोमा हेटौंडा नगरपालिका शिक्षा महाशाखा प्रमूख गंगाधर रिमालले खुशी समेत ब्यक्त गर्नुभएको छ । देशकै नमूना मावि अन्तर्गतको एक जनप्रिय मावि हेटौंडा साच्चै कामहरु गरेकोले नै नमूना बन्न सफल भएको रिमालले बताउनुभयो । भौतिक रुपमा सम्पन्न भएसंगै शिक्षाको गुणस्तरका सवालमा पनि यस्ता कदमले जनप्रिय मावि एक कदम अघि रहेको रिमालले बताउनुभएको हो । 





पहिलो दिन शुक्रबार विज्ञान र अंग्रेजी विषयको तालिम भएको र प्रशिक्षकहरु सुवास खनाल तथा सरोज लामिछाने रहनुभएको जनप्रिय माविका सहायक प्रधानाध्यापक रामआशिष मण्डलले बताउनुभयो । नेपाली, अंग्रेजी, विज्ञान तथा गणित विषयको सहजीकरण हुने ४ दिने तालिममा प्रशिक्षकहरु ईन्द्रबहादुर कार्की र केशव सञ्जेल समेत रहनुहुने छ । 



उद्घाटन कार्यक्रममा नगर शिक्षा प्रमुख गङ्गाधर रिमालको प्रमुख आतिथ्यता एवम् विद्यालय प्रअ नमराज अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सहायक  प्रअ रामआशिष मण्डल, कक्षा ११-१२ संयोजक कल्याण कृष्ण प्याकुरेल, विव्यस सदस्य बाला चौलागाई शिक्षक प्रतिनिधि विष्णुहरि गौतम, पिटिए शिक्षक प्रतिनिधि लक्ष्मी श्रेष्ठ, सञ्चार विभाग संयोजक सुनिल गौतमलगायतको समुपस्थिति रहेको थियो  । सहायक प्रधानाध्यापक रामआशिष मण्डलले स्वागत गर्नुभएको कार्यक्रममा बाला चौलागाई, कल्याणकृष्ण प्याकुरेल लागायतकाले मन्तब्य राख्नुभएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.