शिक्षक संगठन मकवानपुरकाे अधिवेशन माघ दाेस्राे साता हुने

 


नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे विस्तारित बैठक अाज सम्पन्न भएकाे छ । बैठकले माघ १४ र १५ गते जिल्राला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेकाे छ ।  संगठन राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछानेकाे प्रमुुख आतिथ्यतामा तथा जिल्ला समिति अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे हाे । 



बैठक मकवानपुरमा रहेका संगठनका १० वटै स्थानीय पालिका र त्यहा भएकाे गतिविधी बारे बृहत् छलफल गर्दै जिल्ला अधिवेशनकाे पूर्वतयारीमा केन्द्रित रहेकाे संगठन जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे ।


 

बैठकमा वद्लिदाे राजनैतिक परिस्थिति र त्यसले पारेकाे प्रभाव बारे बृहत् छलफल भएकाे आवश्यकता बमाेजिम निर्णय पनि लिईएकाे बताईएकाे छ । 



विस्तारित बैठकमा संगठन वाग्मती प्रदेश सचिवालय सदस्य माेहन शर्मा, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन मकवानपुर सल्लाहाकारहरु अकुरप्रसाद गाैतम, पिताम्वर वास्ताेला, लक्ष्मी चाैलागाई, संगठन उपाध्यक्ष लक्ष्मी गजुरेल लगायत सम्पूर्ण पदाधिकारीहरु, शिक्षक साकाेस का अध्यक्ष सिताराम दाहाल, संगठन हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने लगायत सबै पालिकाका पदाधिकारीहरु, महासंघ हेटाैंडानगर अध्यक्ष लगायत सबै पालिकामा संगठनबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरु लगायतकाे उपस्थिती रहेकाे थियाे । बैठकले सचिवालयले गरेका महत्वपूर्ण निर्णयहरु समेत अनुमाेदन गरेकाे थियाे ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.