जनप्रियमा शैक्षिक सामग्री र पोशाक विद्यार्थीलाई वितरण

     


 परोपकारी युवा सञ्जाल नेपाल र दाह्री ग्याङ हेटौंडाले जनप्रिय मा‍‌‌‌‌‌वि मा शैक्षिक सामग्री र पोशाक विद्यार्थीलाई वितरण गरेको छ । हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि का ६ जना विद्यार्थीलाई शुक्रबार पोशाक र शैक्षिक सामग्री सहयोग गरिएको हो ।


देशकै उत्कृष्ठ नमुना मावि मा अध्ययन गर्ने भएपनि अत्यावश्यक शैक्षिक सामग्री अभाव भएको जानकारीपछि   विपन्न परिवारका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री परोपकारी युवा मञ्च र दाह्री ग्याङले सहयोग गरेको हो । परोपकारी युवा सञ्जालका संयोजक रमेश सापकोटा र दाह्री ग्याङ्ग हेटौंडाका संयोजक अजित खड्काले विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको उपस्थितिमा विद्यार्थीलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो ।




हटिया जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययनरत छात्र मुस्कान वाग्लेको सकृयतामा शिक्षकहरु PTA सदस्य लक्ष्मी श्रेष्ठ, मिडिया सेक्सनका सुनील गौतम, परामर्श कक्षाका युक्तलाल वि.क, कक्षा ११/१२ स‌योजक कल्याणकृष्ण प्याकुरेल, पुस्तकालय विभागका बिदुर सापकोटा, प्राथमिक तह संयोजक, कृष्ण प्रसाद अधिकारी लगायतको स‌ंयोजनमा कार्यक्रम समपन्न भएको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.