जनप्रिय माध्यमिक बिद्यालय हेटौंडा १६ हटिया चिसापानी मकवानपुरको दिव्य सेवा बाल क्लबको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत छात्रा सलिना गुर्माछान सर्वसम्मत चयन भएकी छन् ।
दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल रातोमाटेमा सम्पन्न एक समारोहमा उनी अध्यक्षमा चयन भएकी हुन् । दिव्य बाल क्लबका सदस्यहरुको भेलाले क्लबलाई पुनर्गठन गरिएको हो । क्लबको उपाध्यक्षमा पवित्रा बिश्वकर्मा , कोषाध्यक्ष रूपा थापा , सचिव गोविन्द पटेल र सदस्यहरुमा श्रेया बोहरा, आशिका बिश्वकर्मा , सुशान्त जम्कटेल, प्रकृति पौडेल , सोनिया थिङ, निरुता पाण्डे , प्रसिद्ध दहाल, खुशी खातुन , आरब बलामी , सम्पदा तिमल्सिना ,स्वस्तिका सिन्तान, सुरेश जिम्बा र अनिष गुरुङ चयन भएका छ्न् । कार्यक्रममा दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टि आर निरौला जिल्ला अध्यक्ष यादव गजुरेल , उपाध्यक्ष शुभलक्ष्मी वाईवा सदस्य राजु अधिकारी र शिक्षकहरु बिदुर सापकोटा , कृष्ण प्रसाद अधिकारी र युक्तलाल बिश्वकर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
बाल क्लबका विद्यार्थीहरुले आश्रमको अवलोकन भ्रमण गर्नुको साथै आमा बुवाहरुसङ भलाकुसारी समेत गरेको जनप्रियम मावि मिडिया कक्षका सुनिल गौतमले जानकारी दिनुभयो । यता विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले विद्यालयको सर्वाङ्गिण विकास र गुणस्तर अभिबृद्दिमा सबै शिक्षकहरुको रचनात्मक कार्यको खुलेर प्रशंसा गर्नुभएको छ । आश्रम भ्रमणको नेतृत्व विद्यालयका शिक्षक युक्तलाल विश्वकर्मा, विदुर सापकोटा र कृष्ण प्रसाद अधिकारीले गर्नुभएको थियो ।
