काठमाडौ निवासी समाजसेवी निर्मल कुमार ढुङ्गानाले श्री जनप्रिय मावि दिव्य सेवा बाल क्लव मार्फत् सोही बिद्यालयमा कक्षा २ मा अध्ययनरत शर्मिला सुनारलाई छात्रबृत्ति सहयोग उपलब्ध गराउनु भएको छ । शैक्षिक सत्र २०७८ का लागि सुनारलाई लाग्ने सम्पूर्ण शुल्क सहित पोशाक र शैक्षिक सामाग्री ढुङ्गानाले छात्रबृत्ति प्रदान गर्नु भएको हो ।
समाजसेवी ढुङ्गानाबाट प्राप्त उक्त सामाग्री बिद्यालयका प्रधानाध्यापक नमराज अर्यालले शर्मिला सुनारकी अभिभावक सरिता सुनारलाई हस्तान्तरण गर्नुभएको हो । सुनारलाई यो सहयोग कक्षा १० सम्मको अध्ययनको लागि निरन्तर प्रदान गरिने दिब्यसेवा बालक्लबका संरक्षक युक्तलाल विश्वकर्माले बताउनुभएको छ । हस्तान्तरण कार्यक्रममा बिद्यालयका माध्यमिक तह संयोजक नीर बहादुर खड्का, अङ्ग्रेजी माध्यम संयोगजक रबिन श्रेष्ठ, प्राथमिक कोसंयोजक कृष्ण प्रसाद अधिकारी, शिक्षकहरु बिदुर सापकोटा , जनप्रिय सञ्चार कक्षका सुनिल गौतम तथा परामर्श कक्ष प्रमूख एवम् सञ्चार कक्षका युक्तलाल बिश्वकर्माको उपस्थिति रहेको थियो ।

