| साङ्केतिक तस्विर |
चितवनका प्रतिष्ठित एकजना शिक्षक तेजेन्द्र भुषाललाई रिटायर्ड शिक्षक मित्र अभिमन्यू गौतमको नामबाट फेसबुक रिक्वेष्ट आयो । पहिले नै साथी रहेको मान्छेसंग फेसबुकमा कसरी अनफ्रेण्ड भैएछ त ? भूषालले म्यासेज लेखे । उताबाट म्यासेज आयो एउटा सहयोग चाहियो । रु १५००० पठाउनु । यसरी कहिल्यै पैसा नमाग्ने मान्छेले कसरी पैंसा मागे त ? उनको मनमा शंका उठ्यो । तुरुन्तै उनले गौतमको परिवारका सदस्य संग फोन गरे । अर्को अकाउण्ट कुनै नभएको जानकारी पारिवारिक स्रोतबाट आयो । त्यसपछि ती साईवर अपराधी छद्मभेषी संग भुषालले आफू सोझो भएर कुरा गर्न थाले । बैक खाता नं र पैसा पठाउने ठेगाना पनि मागे । ताकी अपराधीको बारेमा थप कुरा बुझ्न पाईयोस् ।
अहिले केहीबेर अघि मात्रै भएको यो संवादमा तेजेन्द्र भुषालले ती अपराधीसंग गरेको म्यासेज संवाद वास्तविक अभिमन्यू गौतमको परिवार स्रोतलाई पठाए । पारिवारिक स्रोतले तुरुन्तै अपराध अनुसन्धान ब्यूरोमा रिपोर्ट गर्यो । तर अब वास्तविक अपराधी समातिन्छ वा समातिन्न ? वा कति समय लाग्छ त्यो भने भोलिका दिनले बताउला । उजुरी दिनुअघि र अपराधी समातिनु अघि कतै धेरै जना ठगिने पो हो कि ?
सबै जना सचेत रहुनुपर्ने र चिनेकै ब्यक्तिजस्तो लाग्ने फेसबुक फ्रेण्ड रिक्वेष्ट आएमा पनि त्यो ब्यक्ति सही हो भन्ने पहिचान नगरी एसेप्ट गर्न नहुने यो घटना वा दृष्टान्तबाट केही सिक्ने की
हेर्नुहोस फेक ब्यक्तिले एकजना सर्वसाधारण रिटायर्ड शिक्षकको फटो र प्रोफाईल डाउनलोड गरी आफूले प्रयोग गरेर पैसा माग्दै तेजेन्द्र भुषालसंग गरेको च्याट संवाद







