नेपाल निवृत्त शिक्षक समाजको केन्द्रीय वैठक सम्पन्न, चौथो राष्ट्रिय महाधिवेशन मंसीरमा हुने



     नेपाल निवृत्त  शिक्षक समाज केन्द्रीय  समितिको वैठक केन्द्रीय  अध्यक्ष  चुडामणी शर्मा कट्टेलको अध्यक्षतामा केन्द्रीय  कार्यलय रहेको ललितपुर स्थित वंगलामूखी क्याम्पसमा सम्पन्न भएको हो ।वैठकले  यहि २०७८ मंसीर २५ गते शनिवार चौथो राष्ट्रिय  महाधिवेशन उक्त वंगलामूखी क्याम्पस मा नै सम्पन्न गर्ने  निर्णय गरेको छ । 

साथै कोभिडका कारण स्थकित भै जिल्ला अधिवेसन गर्न समिति गठन वाँकी रहेका जिल्लाहरुमा उक्त अधिवेसन अगावै सम्पन्न गर्न वाकी जिल्लाहरुमा पत्राचार गरिने साथै जिल्ला अधिवेसन सम्पन्न पछि सवै जिल्ला समितिहरुले यहि आउदो मंसीर १५ गते भित्र महाधिवेसन प्रतिनिधिहरुको नाम दर्ता गराउन पर्ने उक्त महाधिवेसन वाटै नेपाल निवृत्त  शिक्षक समाजकाे विधान २०७३ लाई संसाेधन समेत गरिने हुँदा सम्वन्धित सवै निवृत्त  शिक्षक तथा निवृत्त  शिक्षक समाज जिल्ला समितिहरुमा जानकारी गरिएकाे महासचिव इश्वर वहादुर श्रेष्ठले वताउनु भयाे । 

उक्त महाधिवेसन सम्पन्न गर्न केन्द्रीय  सल्लाहाकार  रमाकान्त सापकाेटाकाे संयाेजकतामा ५ सदस्य विधान संसाेधन विधान मस्याैदा कमिटी र अभिमन्यु गाैतमकाे संयाेजकतामा ३ सदस्य महाधिवेशन सूचना तथा प्रचार प्रसार समिति गठन भै सकेकाे  केन्द्रीय सूचना सयाेजक अभिमन्यु गाैतमले वताउनुभयाे । 

यसै गरि निवृत्त शिक्षकहरुकाे छुट प्राविधिक ग्रेड सम्वन्धमा राष्ट्रिय  शिक्षक किताब खाना तथा शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय मानवश्राेत विकासकेन्द्र ले सेवा निवृत्त शिक्षकहरुकाे २०७३ श्रावण १ गते पछि रिटार्ड शिक्षकहरुले मात्र पाउने परिपत्र भै आएकाेले साे सम्वन्धमा देसभरिवाट २०७३ अघि रिटार्ड शिक्षकहरुलाइ सरकारले उक्त प्राविधिक ग्रेड वारे भेदभाव गरेकाे गुनासाहरु सामाजिक सञ्जाल मार्फत केन्द्रीय  समितिमा आएकाे केन्द्रीय वरिष्ठ उपाध्यक्ष धुर्वराज शर्मा अर्यालले ध्यानकार्षण गराउनु भएकाे थियाे ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.