जनसाहित्यिक मञ्चको केन्द्रीय समितिमा मकवानपुरका उपासक र गौतम

 



    जनसाहित्यिक मञ्च नेपालको शनिबार भएको भर्चुअल भेलाबाट  मकवानपुरका मसान उपासक र सुनिल गौतमलाई केन्द्रीय समितिमा चयन गरेको छ । आज भएको भेलाबाट जनसाहित्यिक मञ्च नेपालका सचिवालय सदस्य समेत रहेका मसान उपासक मञ्चको बागमती प्रदेशको संयोजक सहित र सुनिल गौतम केनेद्रीय सदस्यमा चयन भएका हुन् । मञ्चको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका मसानलाई शनिबारको भेलाले केन्द्रीय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक तोकेको हो । भेलाबाट सातै प्रदेशको संयोजक सहित ५ सदस्यीय समिति पनि चयन गरेको छ । मकवानपुरबाट भने दुई जनाले यो पटक केन्द्रमा स्थान लिएका हुन् । भेलाले राम बिनयको संयोजकत्वमा १०५ सदस्यीय केन्द्रीय आयोजक समिति, २५ सदस्यीय सचिवालय र ११ सदस्यीय कार्यालय समिति समेत गठन गरेको छ । 


भेलाले प्रदेश १ मा रमेश शुभेच्छुक, गण्डकी प्रदेशमा सुवास मल्ल, लुम्बिनि प्रदेशमा हरी तिमल्सिना, कर्णाली प्रदेशमा दीपक गौतम र सुदुरपश्चिममा रामचन्द्र जोशी संयोजक चयन भएका छन् भने प्रदेश २ मा पछि संयोजक तोकिने भएको छ । बागमति प्रदेशमा संयोजक मसान उपासकसहित धादिङका प्रकाश सापकोटा, ललितपुरका सुस्मिता नेपाल,  मकवानपुरका गणेश तिमल्सिना, चितवनका अम्बिका कार्कीलाई संयोजकमा  चयन गरेको छ । 

नेकपाको दुई साहित्यिक संस्थाको एकताको समयमा पनि संयोजक रहेका मसान मकवानपुरमा रहेर लामो समयदेखि साहित्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका थिएइ भने गौतम करिव २ दशकदेखि पत्रकारिता, साहित्य र शिक्षण पेशामा आवद्ध रहेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.