हटिया जनप्रिय बहुमुखी क्याम्पसले गर्यो भर्चुअल अन्तर्क्रिया

 हटिया जनप्रिय बहुमुखी क्याम्पस हेटौंडाले भर्चुअल कक्षाको प्रभावकारिता सम्वन्धमा आज एक अन्तर्क्रिया सम्पन्न गरेको छ । क्याम्पसमा अध्ययनरत प्रथम, दोस्रो तथा तेस्रो र चौथो वर्ष मा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुबीच अन्तर्क्रिया सम्पन्न भएको हो । 

अन्तर्क्रियाले अनलाईन कक्षाको प्रभावकारिता चुनौति र समाधान गर्नुपर्ने विषयका बारेमा छलफल गरिएको थियो ।  विगत चारमहिना देखि संचालनमा रहेको अनलाइनमा आधारित वैकल्पिक कक्षाको  प्रभावकारिता सम्बधमा बि.एड.मा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरू संग भयको अन्तरक्रिया कार्यक्रमलाई क्याम्पस प्रमुख विजय नेपालको संयोजकत्वमा सम्पन्न भएको हो । 

कार्यक्रममा प्राध्यापकहरु कल्याणकृष्ण प्याकुरेल,  रविन श्रेष्ठ, प्रमोद दाहाल, रुकु अधिकारी, उमेश पराजुली, सुनिल गौतम, राम खड्का, अनु रोका, तथा प्रशासन ब्यवस्थापक दीपेन्द्र पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई क्याम्पस प्रमूख नेपालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.