रमाकान्त
सापकोटा- संयोजक सल्लाहकार समिति ,
नेपाल निवृत्त शिक्षक समाज
केन्द्रीय समिति
१) ऐतिहासिक पृष्ठभूमि
: नेपालमा बि.स.१९९७ पछि कर्मचारीलाई निवृत्तिभरणको
व्यवस्था शुरु भएको थियो भने बि.सं.२००९ मा सेनाकालागि कमाण्डरी कितावखाना स्थापना
गरेर निवृत्तिभरण शुरु भयो |२०२२ साल देखि
निजामति कितावखाना स्थापना भएको थियो |कर्मचारी ,सेना प्रहरी लगायतका राष्ट्र सेवकको निवृत्तिभरण हुँदा विद्यालय शिक्षकको सुविधा सम्बन्धित कुनै व्यवस्था
थिएन | राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ -३२ पछिको नयाँ शिक्षा पद्धतिमा शिक्षाको दायित्व राज्यको लिन थालेकोले राष्ट्रिय स्वरूप ग्रहण गर्न थाल्यो | शिक्षण सेवाले
पेशाको स्वरूप ग्रहण गर्ने अपेक्षा गरियो |तर त्यस्तो हुन सकेन |अरु राष्ट्र सेवकको
तलव वृद्धि हुँदा शिक्षकको तलव वृद्धि सम्म
पनि हुँदैनथ्यो |सरकारको यस्तो व्यबहारले शिक्षकलाई दु:खित र उत्तेजित बनायो |
२०३६ जेठ २-४ मा हेटौडामा ९ जिल्लाका ९९ जना शिक्षकको भेलाले शिक्षण पेशालाई मर्यादित र आकर्षक बनाउने उद्देश्यले
हुलाक मार्फत सरकारलाई माग पत्र पठाएर आन्दोलनको
आह्वान गरे | २०३६ जेठ २६मा सरकार र संघर्ष
समिति वीच सम्झौता भयो |२०३६ श्रावण १ देखि
संचयकोषको ब्यबस्था र नेपाल राष्ट्रिय शिक्षक
संगठनको बिधान स्वीकार गर्ने लगायतका मागमा सम्झौता भए पनि निवृत्तिभरण लगायतका सम्झौता पालन भएनन् | २०३७
देखि पुन आन्दोलन भयो लामो र कठिन संघर्ष पछि
भएको सम्झौतामा उपादान र निवृत्तिभरण
समेत दिन सरकार तयार भयो |जिल्ला शिक्षा कार्यालय मार्फत मासिक भुक्तानी दिने
व्यवस्था हुन थाल्यो |फेरि पनि निवृत्त शिक्षक र अरु राष्ट्र सेवकको निवृत्तिभरण ,औषधि
उपचार खर्च लगायतका सुविधामा विभेद देखिएको ,२०३६ साल देखिको दु:खले
निर्माण भएको शिक्षक आन्दोलन टुक्रिएर थुप्रै संस्था बनेको अवस्थामा दलीय दृष्टिकोणबाट माथि उठेर सेवा निवृत्त शिक्षकहरू संगठित हुने चाहना र प्रयत्न
गर्न थाले |यस्तै चाहना ,वस्तुगत आश्यकता
,शिक्षा क्षेत्रमा खारिएका परिपक्क र अनुभवी
जनशक्तिको संगठित संस्था हो नेपाल निवृत्त
शिक्षक समाज |
२) निवृत्त शिक्षक समाज,चितवन २०५४ :- सेवा निवृत्त
जीवनलाई क्रियाशील राख्न तथा आफ्नो परिपक्क अनुभव ,ज्ञान ,सीप सहितको उर्जा
समाज र राष्ट्रको सेवामा समर्पित गर्न प्रेरित निवृत्त शिक्षकहरूले विभिन्न जिल्लामा विभिन्न समयमा संगठित हुने प्रयत्न गर्दै आए | सर्वप्रथम २०५४ साल पौष २८ गते चितवनमा भीष्मकान्त
अधिकारीको अध्यक्ष्यतामा भएको भेलाले लक्ष्मीकान्त शर्मा पौडेल संयोजक तथा केदारनाथ
खनाल ,चेतनाथ बराल,पिताम्बर शर्मा र रमा घिमिरे सदस्य रहेको तदर्थ समिति गठन गरेको थियो | सदस्यता वितरण
र दर्ता प्रकृया अगाडी बढे पछि २०५४ चैत्र
२५ गते पहिलो जिल्ला अधिवेशन सम्पन्न गरी लक्ष्मीकान्त
शर्मा पौडेल अध्यक्ष र सचिव पूर्ण दत्त भूसाल रहेको निवृत्त शिक्षक समाज ,चितवन गठन
भएको थियो | २०५५ साल बैशाख ६ गते निवृत्त
शिक्षक समाज ,चितवनको विधान २०५४ स्वीकृत
भएर जिल्ला प्रशासन कार्यालय चितवनको द.नं.१६१ /०५४/०५५ (पान नं .६०१३६ ०७५४ समाज कल्याण
परिषदमा आवद्धता ७५२१ ) अनुसार दर्ता प्रकृया
पूरा भएकोले चितवनमा अहिले पनि हरेक वर्ष बैशाख ६ गतेलाई स्थापना दिवसको रुपमा
मनाउने प्रचलन छ | निवृत्त शिक्षक समाज ,चितवनको मुखपत्र सुधांशु २०५५ अङ्क
१ अनुसार त्यो बेला ७६ जना सदस्य थिए र अहिले सुधांशु २०७८ अङ्क
६ वर्ष २४ अनुसार १०५० निवृत्त शिक्षकहरू आजीवन सदस्य भएका छन् |
३) नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समिति
२०५७ :- २०५४ माघ २ गते सारकारले शिक्षक कितावखाना राख्ने निर्णय गर्यो | शिक्षकको
निवृत्तिभरण ,औषधि उपचार खर्च व्यस्थापन सम्वन्धित व्यावहारिक नियम बनाउन , सोझै बैंकबाट निवृत्तिभरण पाउने व्यवस्था
मिलाउन ,तथा शिक्षक अस्पतालको व्यवस्था गर्ने लगायतका माग राखेर सरकारको ध्यानाकर्षण
गर्न सेवा निवृत्तशिक्षक हरूले संगठित प्रयत्न गर्न थाले |यस्ता मागहरूलाई कार्यरत
शिक्षक हरूले पनि आफ्ना मागपत्रमा समावेश गरेका
थिए | चितवनमा जस्तै अधिकांस जिल्लामा निवृत्त
शिक्षक भेला हुने ,माग प्रस्तुत गर्ने क्रम चालु रहेको बेला ललितपुरका निवृत्त शिक्षकले गरेको
प्रयत्नले ऐतिहासिक मोड लियो |२०५६ सालको दशैँ खर्च दिंदा शिक्षा नियमावलीमा संसोधन नभएको कारण
देखाएर निवृत्त शिक्षकहरूलाई आधा महिनाको र अन्य निवृत्त राष्ट्र सेवकहरूलाई
एक महिनाको तलव पठाएको कुराले निवृत्त शिक्षकको आत्मसम्मानमा निकै चोट पुग्न गयो | सरकारको यस्तो गैर जिम्मेवार
व्यवहारबाट आक्रोशित ललितपुरका शिक्षकहरूले संगठित भएर सरकारलाई दवाव दिने योजना बनाए
| सोही योजना र तयारी अनुसार बिधान निर्माण गरी ललितपुर , काठमाण्डौ
,भक्तपुर,काभ्रे र नुवाकोटका निवृत्त शिक्षकहरू ललितपुरमा
भेला भएर नेपाल निवृत्त शिक्षक समाज २०५७ ललितपुरमा (जि.प्र.का.द.नं.१२/११९७ ,पान नं
.३०२७०४७८३ ) विधिवत दर्ता भयो | २०५७ साल
श्रावण २७ गते दर्ता भएको केन्द्रीय समितिमा अध्यक्ष कृष्णलाल जोशी (ललितपुर),उपाध्यक्ष
रेवरत्न बज्राचार्य (काठमाण्डौ),कोषाध्यक्ष शारदाभक्त मधिकर्मी (भक्तपुर),सदस्यहरूमा
रामबिन्दु श्रेष्ठ (भक्तपुर),नातिकाजी महर्जन (काठमाण्डौ ),आशाकाजी श्रेष्ठ (काभ्रे
),शारदामान श्रेष्ठ (नुवाकोट),प्रविन जोशी (काठमाण्डौ ),श्यामकृष्ण खमु (भक्तपुर),ध्रुव
बहादुर श्रेष्ठ (काठमाण्डौ) र सदस्य सचिव इश्वर बहादुर श्रेष्ठ (ललितपुर)गरी ११ जना
रहेको अभिलेखबाट देखिन्छ|२०६६ |०४ | १० मा भएको सम्मेलनबाट अध्यक्ष चुडामणि शर्मा (गोरखा ), उपाध्यक्ष नातिकाजी महर्जन
(काठमाण्डौ),महासचिव इश्वर बहादुर श्रेष्ठ
(ललितपुर)सचिव बिक्रम बहादुर कायस्थ (भक्तपुर),कोषाध्यक्ष हरिराम श्रेष्ठ (ललितपुर),सदस्यहरू
चुडामणी ओली(चितवन),हर्षबहादुर चुवाङ्ग(ताप्लेजुंग),लिलाधर सापकोटा (लमजुङ्ग ),टेक
बहादुर के.सी.(कंचनपुर),यज्ञबहादुर सिंह ओली (दाङ्ग ),कावेरी जोशी (ललितपुर),सल्लाहकार
श्यामकृष्ण श्रेष्ठ (दोलखा ),विष्णु प्रसाद शर्मा ((दाङ्ग)गरी पूर्व देखि पश्चिम सम्म १० जिल्लाको प्रतिनिधित्व रहेको केन्द्रीय समिति
बनेको थियो |
४) नेपाल निवृत्त शिक्षक समाज
(PENTAN )संशोधित विधान २०७३ का मुख्य विशेषता :- २०६९ फागुन
२६ मा चितवनमा भएको केन्द्रीय समितिको विस्तारित बैठक तथा भेलाले निवृत्त शिक्षकसमाजलाई देशैभरी विस्तारित
गर्ने अभियान स्वरूप विधान परिमार्जन गरेर र महाधिवेशनगर्ने निर्णय गरेको थियो|विधान परिमार्जनको
लागि रमाकान्त सापकोटा (चितवन),बिक्रम बहादुर कायस्थ (भक्तपुर),भुवानी प्रसाद पौडेल(चितवन),निलकण्ठ
ढुंगाना (लमजुङ्ग) रहेको समिति गठन गर्नुको
साथै रमाकान्त सापकोटालाई केन्द्रीय समितिमा मनोनित गरेको थियो | नेपाल राष्ट्र र समाज
प्रतिको दायित्व बोध गर्दै सम्पूर्ण निवृत्त नेपाली शिक्षकहरूलाई संगठित गर्दै राजनीतिक
दल ,ट्रेड युनियनहरू ,धर्म सम्प्रदाय तथा जातीय सांगठनिक संरचना र क्रियाकलापबाट स्वतन्त्र नेपाल
निवृत्त शिक्षक समाज गठन गर्ने लक्षबाट प्रेरित
भै भन्ने कुरा प्रस्तावनामा समावेश गर्नुको अर्थ हो कि बेग्लाबेग्लै पेशागत संगठनमा
रहेका शिक्षकहरू पनि सेवा निवृत्त भए पछि सबै
एकै ठाउँमा आउनेछन |
संशोधित बिधान कार्यन्वयनकै चरणमा
रहेको बेला राज्य संरचनामा परिवर्तन आएको कारण मुलुकको संविधान ऐन ,नियम अनुकुल हुने
गरी पेशागत तथा सामाजिक संस्थाका विधानमा परिमार्जन आवश्यक देखियो | अत्यन्त आवश्यकताको सिद्धान्त अनुसार केन्द्रीय
समिति र राष्ट्रिय परिषदले निर्णय गरी विधानमा
सामान्य परिमार्जन गरिएको छ | परिच्छेद -४
दफा ४ घ)प्रदेश समन्वय समितिलाई प्रदेश समिति
भनिएको छ |
छ)जिल्ला समितिले जिल्ला
समन्वय समितिको भूमिका खेल्ने र ज)निर्वाचन
क्षेत्रीय समितिको सट्टामा स्थानीय तह समिति र वडा समिति गठन गर्ने व्यवस्था छ |दुई वा सो भन्दा
बढि वडा मिलाएर पनि समिति गठन गर्न सकिने छ |सो कामको लागि जिल्ला समितिले समन्वय गर्ने छ | स्थानीय तहमा अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष,
सदस्य ३ गरी न्यूनतम ७ जना रहनेछन् | दफा २४मा
थप स्पष्ट हुने गरी समायोजन गरिएको छ | अहिले सम्मको सदस्यता र शुल्कमा प्रवेश रू १००/वार्षिकरू १००
/आजीवन रू.१००० स्थानीय तहले उठाउने छन् |
सो शुल्कको ४० प्रतिशत आँफू संग राखी बाँकी ६० प्रतिशतलाई १००%मानी जिल्ला ,प्रदेश ,र केन्द्रीय समितिलाई ३०,३०,र ४०प्रतिशत बुझाउने छन् |(१००
रुपयाँ उठेकोमा रू ४० आ-आफ्नो स्थानीय तहमा राख्ने ,प्रदेशलाई रू १८
,जिल्लालाई रू १८ र केन्द्रीय समितिलाई रू
२४ प्रति सय रुपयाँमा बुझाउने )यसको अनुमोदन र आवश्यक संसोधन महाधिवेशनले गर्ने छ |आगामि महाधिवेशनमा विधान संशोधनको लागि सुझाव मागिएको छ |प्राप्त सुझावलाई फेस बुक मार्फत छलफलको
लागि खुला राखिएको छ |
५) तेस्रो महाधिवेशन २०७३ :- २०७३ साल बैशाख १ गते नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको
सभाकक्ष ,रविभवनमा सम्पन्न महाधिवेशनले निवृत्त शिक्षक समाज को बिधान प्रथम संशोधन २०७३
पारित गरी चुडामणी शर्मा कट्टेल अध्यक्ष रहेको केन्द्रीय समिति निर्माण भएको थियो जसम
सात प्रदेश र १९ जिल्लाको प्रतिनिधित्व रहेको छ |साथै रमाकान्त सापकोटा संयोजक रहेको
११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको
थियो |
|
पद |
नाम, थर- जिल्ला |
पद |
नाम,जिल्ला थर- जिल्ला |
|
अध्यक्ष |
चुडामणी शर्मा कट्टेल (गोरखा
) |
सदस्य प्रदेश ४ |
गेहेन्द्र राज विष्ठ (गोरखा ) |
|
वरिष्ठ उपाध्यक्ष |
ध्रुबराज अर्याल (चितवन ) |
सदस्य प्रदेश
५ |
कृष्ण प्रसाद शर्मा (अर्घाखाँची
) |
|
महिला उपाध्यक्ष |
रमा घिमिरे (चितवन ) |
सदस्य प्रदेश ५ |
अम्बिका पौडेल (पाल्पा ) |
|
उपाध्यक्ष |
बाबुराम सुबेदी (पर्वत ) |
सदस्य प्रदेश ६ |
मन प्रसाद काफ्ले (हुम्ला) |
|
उपाध्यक्ष प्रदेश २ |
राजेन्द्र प्रसाद ठाकुर (बारा
) |
सदस्य प्रदेश ७ |
सुरथ बहादुर बिस्ट(अछाम ) |
|
उपाध्यक्ष –प्रदेश ४ |
तोयानाथ लामिछाने (कास्की
) |
सदस्य प्रदेश ७ |
टेक बहादुर के.सी (कंचनपुर
) |
|
उपाध्यक्ष –प्रदेश ५ |
यज्ञबहादुर सिं ओली (दाङ्ग
) |
सदस्य –खुला |
शंकर दिवस मजगैया (दाङ्ग) |
|
उपाध्यक्ष –प्रदेश ६ |
बक्त बहादुर शाही (हुम्ला) |
सदस्य –खुला |
इश्वरी अधिकारी (लमजुङ्ग ) |
|
उपाध्यक्ष –प्रदेश ७ |
महेन्द्र सिं बम (कैलाली
) |
सल्लाहकार संयोजक |
रमाकान्त सापकोटा (चितवन |
|
महासचिव |
इश्वर बहादुर श्रेष्ठ (ललितपुर) |
सल्लाहकार |
हरिराम श्रेष्ठ (ललितपुर) |
|
सचिव |
बिक्रम बहादुर कायस्थ (भक्तपुर) |
सल्लाहकार |
कावेरी जोशी (ललितपुर) |
|
कोषाध्यक्ष |
सरस्वती श्रेष्ठ (धनकुटा) |
सल्लाहकार |
नातिकाजी महर्जन (काठमाण्डौ) |
|
सह कोषाध्यक्ष्य |
खिमकान्त पराजुली (तनहुँ ) |
सल्लाहकार |
शम्भु बहादुर के.सी.(ललितपुर) |
|
सदस्य- प्रदेश १ |
रामकान्त सिटौला (झापा ) |
सल्लाहकार |
हरिराज पौडेल (चितवन ) |
|
सदस्य – प्रदेश २ |
चन्द्रदेव केशरी (बारा ) |
सल्लाहकार |
चुडामणि ओली (चितवन) |
|
सदस्य – प्रदेश २ |
मिश्रीलाल शाह |
सल्लाहकार |
भुवानीप्रसाद पौडेल (चितवन
) |
|
सदस्य प्रदेश ३ |
ऋषिराम बराल (चितवन ) |
सल्लाहकार |
प्रेमसिंह बोहोरा (कंचनपुर) |
|
सदस्य प्रदेश ३ |
लोकेन्द्रबहादुर थापा (धादिंङ्ग
) |
सल्लाहकार |
श्याम कृष्ण खमु (भक्तपुर) |
|
सदस्य प्रदेश ४ |
रत्न प्रसाद अधिकारी (पर्वत
) |
सल्लाहकार |
विष्णु प्रसाद शर्मा (दाङ्ग) |
६)सेवा निवृत्त राष्ट्रसेवकहरूको
परिदृश्य:-२०७५ तिरको तथ्यांकमा सेवा निवृत्त कर्मचारी७६,५४६ ,सेना ७३,६२८ ,प्रहरी= ४८,०४३ र शिक्षक ४२,५०२ समेत गरी जम्मा २,४०,७१९ देखिन्छ |हरेक वर्ष १०%को
दरले बढ्ने गरेकोले यो संख्या तीन लाख नजिक पुगेको हुनु पर्छ |२०७५ मा पेन्सनमा राज्यको लागत रू
४६ अर्व २३ करोड १५ लाख रुपया थियो | बढ्दै जाने लागतलाई हेरेर
२०७५ श्रावण १ पछि नियुक्त राष्ट्र सेवक हरूको योगदानमा आधारित निवृत्तिभरण व्यवस्था,सामाजिक
सुरक्षा कोष जस्ता वैकल्पिक व्यवस्थापन भएको छ | २०७५ पछि निजामति,शिक्षक,प्रहरीको
सामाजिक सुरक्षा व्यवस्थापन गर्न राष्ट्रिय
किताव खाना स्थापना भएको छ |
७)सूचना प्रविधि संग सेवा निवृत्त
शिक्षकहरू :कोभिडको कारण मुलुक बन्दाबन्दीमा
रहेको बेला २०७७ बैशाख दोस्रो हप्ता र २०७७ जेठ १५ मा उपलव्ध केन्द्रीय नेतृत्वको भर्चुवल
बैठक , २०७७ जेठ २४ र ३१ गते मनोसामाजिक परामर्श
तथा नीति कार्यक्रम र सांगठनिक स्वरूप बारेमा रमाकान्त सापकोटा ,भुवानीप्रसाद पौडेल
लगायतबाट प्रशिक्षण भएको थियो |२०७७ दशैँ तिहारको शुभकामना ,भानु जयन्ती
लगायत
विभिन्न समयमा भर्चुवल माध्यमबाट कविता
गोष्ठी हुँदै आएका छन् |नेपाल निवृत्त शिक्षक समाज (केन्द्रीय समिति )नाममा फेस बुक
पनि खुलेको छ जसमा पाँच हजार जति जोडिन थालेको देखिन्छ | फेसबुकमा आफ्नो पेशा संग सवन्धित प्रसस्त सूचना ,जानकारी
राख्ने गरिएको छ |यसले सेवा निवृत्त जीवनलाई क्रियाशील राख्न प्रेरित गरेको प्रतिक्रिया
प्राप्त भएको छ | बेला मौकामा भर्चुवल बैठक पनि
हुँदै आएका छन् |
८ ) आगामी योजनाको प्राथमिकता
चौथो महाधिवेशन २०७८ को तयारी :- २०७७ माघ
३० गते केन्द्रीय समितिका अध्यक्ष चुडामणि शर्मा कट्टेलको अध्यक्षतामा केन्द्रीय समितिको
बैठक सम्पन्न भयो ।सो वैठकले २०७८
जेष्ठमा केन्द्रीय कार्यालय रहेको यसोधरा बौद्ध
मा वि मा महाधिवेशन गर्ने निर्णय गरेको
थियो तर कोभिड संक्रमण बढेको कारण स्थगित भयो । साथै उक्त महाधिवेसन सम्पन्न गर्न महाधिवेसन तयारी
समितिहरु पनि गठन गरेको थियो । रमाकान्त सापकोटाको सयोजकत्वमा चुडामणि ओली ,विक्रम बहादुर कायस्थ ,गेहेन्द्र विष्ठ
,ऋषिराम बराल रहेको बिधान संशोधन समिति गठन गरेको थियो | त्यसैगरी अभिमन्यू गौतमको
संयोजकत्वमा खीमकान्त पराजुली , चन्द्रराज भुर्तेल रहेको सूचना तथा प्रचार प्रसार समिति
पनि गठन भएको थियो |चैत्र मसान्त भित्र जिल्ला
अधिवेसन सम्पन्न गरी २०७८ वैसाख १५ गते भित्र
सवै जिल्लाले आआफ्नो जिल्ला समितिको नामावली र केन्द्रीय प्रतिनिधि सहितको नामावली तोकिएको शुल्क सहित महाधिवेशनको लागि केन्द्रीय
कार्यलयमा वुझाउन जानकारी गराउने निर्णय गरेको
थियो ।कोभिड १९ का कारण निधन भएका सवै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण
गर्दै उपचाररतहरूको शिघ्र स्वास्थ्य लाभको
कामना गरेको थियो |
जेठ २ गते केन्द्रीय समितिको भर्चुअल बैठक सम्पन्न भयो । २०७८ जेष्ठ महिनाभित्र सम्पन्न गरिने भनिएको राष्ट्रिय
महाधिवेशन कोरोनाका कारण स्थगित गरेको र परिस्थिती सहज भए २०७८ मंसिर महिना सम्ममा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय
भएको छ |जिल्ला तथा स्थानीय तहका अधिवेशनहरू सम्पन्न भैरहेका र बाँकी रहेका जिल्लाहरुको पनि अधिवेशन सम्पन्न गर्न
बैठकले निर्देशन गरेको छ |२०७८ जेठ २ गते सम्म निवृत्त र सेवारत शिक्षक गरी ८३ जनाले
कोभिडबाट ज्यान गुमाएको जानकारी प्राप्त भएको थियो | दुखद मृत्यु वरण गरेका निवृत्त तथा कार्यरत शिक्षकहरु लगायत नागरिकहरूमा
श्रद्धाञ्जली ब्यक्त गरेको थियो | २०७७ माघ ३० गतेको बैठकले गरेका महाधिवेशन तयारी
सम्वन्धित कामलाई निरन्तरता दिने निर्णय गरे अनुसार अहिले पनि काम भैरहेको छ |
९)निस्कर्ष :- सरकारको विभेदपूर्ण व्यबहारले दु:खित र उत्तेजित बनाएको ,२०३६ साल
देखिको दु:खले निर्माण भएको शिक्षक आन्दोलन टुक्रिएर थुप्रै संस्था बनेको ,आफ्नो परिपक्क अनुभव
समाज र मुलुकको सेवामा प्रयोग गर्ने अवसर नदेखेको कारण सेवा निवृत्त शिक्षक हरू संगठित
हुन आवश्यक ठाने यसको प्रारम्भ चितवनमा २०५४मा भयो | २०५६ सालको
दशैँ खर्च दिंदा सरकारको अन्यायबाट आत्मसम्मानमा
चोट पुगेका निवृत्त शिक्षकले स्थापना
गरेको संस्थाहो नेपाल निवृत्त शिक्षक समाज २०५७ जो केन्द्रीय समितिको रुपमा क्रियाशील छ | राज्य
संरचनामा परिवर्तन आएको कारण विधान परिमार्जन
गरी चितवन लगायत विभिन्न जिल्लामा क्रियाशील निवृत्त शिक्षकका संस्थाहरू नेपाल निवृत्त शिक्षक समाज २०५७ केन्द्रीय
समितिको मातहतमा रहने व्यवस्था संशोधित विधान
२०७३ ले गरेको छ | तेस्रो महाधिवेशन
पछि १९ जिल्ला तथा ७ प्रदेशको प्रतिनिधित्व हुने गरी नेपाल निवृत्त शिक्षक समाज बनेको छ |अहिले स्थानीय तहमा समेत अधिवेशनहरू भैरहेका
छन् |२०७५ सालमा सेवा निवृत्त शिक्षकको संख्या ४२,५०२ थियो |यो संख्या अहिले पचास हजार
माथि पुगेको हुन् पर्दछ| २०७८मंसीर महिनामा हुने महाधिवेशनको तयारीको क्रममा जिल्ला ,स्थानीय तहका
अधिवेशन ,प्रदेश ,जिल्ला र स्थानीय तहमा भर्चुवल
बैठक जस्ता गतिविधि र योजना प्रवाह गर्ने, अन्य सेवा निवृत्त संस्था संग सहकार्य गर्न पहल गर्ने,राष्ट्रियता ,शैक्षिक तथा सामाजिक मुद्दामा दृष्टिकोण सार्वजनिक गर्ने,विधानमा संशोधन गर्नु
पर्ने ठानिएका विषयहरू विधान संशोधन समितिलाई उपलव्ध गराउने जस्ता काममा निवृत्त शिक्षको
परिपक्क अनुभव सम्प्रेषित हुन आग्रह गरिएको
छ |
धन्यवाद !

