शिक्षक संगठनले गर्यो सहयोग रकम हस्तान्तरण


शिक्षक संगठन थाहानगरको तेस्रो विस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न



शिक्षक नवराज अर्याललाई सहयोग रकम हस्तान्तरण गर्दै जिल्ला अध्यक्ष श्रीराम दाहाल



    नेपाल राष्ट्रिय  शिक्षक संगठन मकवानपुरले लामो समय देखि क्यान्सर रोगको उपचार गराउदै आउनु भएका शिक्षक नवराज अर्याललाई सहयोग रकम हस्तान्तरण गरेको छ । थाहा नगर इन्द्रायणी माबि का शिक्षक अर्याललाई शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले एक कार्यक्रमका बीच १ लाख १३ हजार ८ सय ५०रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । 

शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा समसामयिक सवालमा बिचार गोष्ठी तथा सहयोग रकम हस्तान्तरण  कार्यक्रम आज सुनौलो बिकास केन्द्र कुन्छालमा  सम्पन्न भएको हो । कार्यक्रमकै अवशरमा थाहानगरले संगठन नगरकमिटीको तेस्रो विस्तारित बैठक समेत सम्पन्न गरेको छ ।

नेपाल राष्ट्रिय  शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संगठन हेटौंडा  नगर समिती अध्यक्ष  मुकुन्द न्यौपानेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम मा नेपाल शिक्षक महासघ थाहा नगर का सचिब  गणेशमान श्रेष्ठ, जिल्ला सदस्य  बिरमान स्याङ्तान, नवराज अर्याल लगायत थाहा नगर  समितिका सदस्य हरुको उपस्थिति  रहेको थियो । संगठन थाहानगर अध्यक्ष  रुपचन्द्र गोपालिको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव  कृष्णप्रसाद  लामिछानेले सन्चालन गर्नुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभएको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.