जनप्रिय माध्यामिक विद्यालय हेटौंडा १६ ले २ सय ८ औ भानु जयन्तीको अवशरमा विद्यालय परिशरमा रहेको भानुको शालिकमा माल्यार्पण गरी मनाएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य एवम् खरिद समिति संयोजक रमेश ढकालको प्रमूख आतिथ्यता तथा बाला चौलागाईको विशेष आतिथ्यता रहेको कार्यक्रम विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।
नेपाली भाषाका प्रवर्तक भानुभक्तको योगदान र नेपाली काब्य जगतको विकासमा उहाँको समर्पणलाई स्मरण गर्दै सहभागीहरुले भानुभक्तको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । प्रमट्ठख अतिथि ढकालले भने भाषिक एकताको लागि भानुभक्त नै एक जीवित र अमर श्रष्टा भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डल, कक्षा ११/१२ सैयोजक कल्याणकृष्ण प्याकुरेल, मावि नेपाली माध्यम संयोजक नीर बहादुर खड्का,अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ,प्रावि संयोजक कृष्णप्राद अधिकारी,शिक्षकहरु विदुर सापकोटा,नवीनराज दाहाल,लक्ष्मी श्रेष्ठ, बिष्णुहरि गौतम,मुना तामाङ्ग थिङ्ग, दिपेन्द्र पौडेल लगायत को उपस्थिति रहेको थियो । कार्यक्रमलाई विद्यालयका शिक्षक एवम् मिडिया कक्षका सुनिल गौतमले सञ्चालन गर्नुभएको हो ।

