जनप्रिय माध्यामिक विद्यालय हेटौंडा १६, बालबालिकाको बैकल्पिक सिकाइ सहजीकरण सर्वेक्षणका लागि सेवाक्षेत्रको गाउँ गाउँमा पुगेको छ । दोस्रो चरणको कोभिड १९ का कारण भएको लकडाउन संगै भर्चुअल माध्यममा जोडिन नसकेका बालबालिकालाई शिक्षामा समेट्न विद्यालयले यस्तो अभियान शुरु गरेको प्रधानाध्यापक नमराज अर्यालले बताउनुभएको हो ।
सरकारले जारी गरेको बैकल्पिक सिकाइ निर्देशिका २०७७ बमोजिम सबै बालबालिका भर्चुअल बिधिबाट शिक्षामा नसमेटिएपछि विद्यालयले सेवा क्षेत्रको गाउँ गाउँमा पस्ने अभियान थालेको हो । सरकारले असार १ गतेबाट शैक्षिक सत्र शुरु भएको घोषणा गरेपनि सबै बालबालिका शिक्षाको पहुँचमा आई नसकेकोले यो अभियान थालनी गर्नुपरेको विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डलले बताउनुभयो । मण्डलले भन्नुभयो यो हप्ता हामी बैकल्पिक माध्यममा नसमेटिएका बालबालिकाको सर्भेक्षण गर्ने छौं र अर्को हप्ताबाट सेवाकेन्द्रमा पठनपाठन गर्ने वा अभिभावकलाई नै विद्लयमा बोलाई वर्क सीट पठाउने भन्ने बारे नीधोमा पुग्ने छौं ।
नेपाली माध्यम संयोजक नीर बहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, प्राथमिक तह संयोजक कृष्ण प्रसाद अधिकारी, शिक्षक विष्णुहरि गौतम, मिडिया कक्षका सुनिल गौतम लगायतको टोलि पहिलो चरणको सर्वेक्षणमा सेवाक्षेत्र पुगेर आज तथ्याङ्क संकलन गरेको हो । यता विद्यालयले भर्चुअल माध्यममा उपस्थित करिव ६० प्रतिशत विद्यार्थीलाई भने गत जेष्ठ अन्तिम साताबाट नियमित पठनपाठन गराउँदै आएको छ ।

