निवृत्त शिक्षक समाज मकवानपुरले साहित्यिक कार्यक्रम मार्फत संझियो भानुभक्तलाई

   




  नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति मकवानपुरले भानुजयन्तीकाे उपलक्ष्यमा आज भर्चुअल साहित्य गोष्टी सम्पन्न गरेकाे छ। कार्यक्रम नेपाल निवृत शिक्षक समाज राष्ट्रिय समितिका अध्यक्ष चुडामणि शर्माकाे प्रमूख आतिथ्यता तथा वरिष्ठ उपाध्यक्ष ध्रवराज शर्मा अर्याल एवम जिल्ला समन्वय समिति मकवानपुर उप प्रमूख भगवती पूडासैनीकाे विशेष आतिथ्यतामा सम्पन्न भएकाे हाे। कार्यक्रम शीवदयाल यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका जिल्ला अध्यक्ष शिवदयाल यादवकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय प्रतिनिधि खेमराज सापकाेटाले स्वागत मनतव्य राख्नु भएकाे थियो । मकवानपुर जिल्ला सचिव अभिमन्यु गाैतमले सञ्चालन गर्नु भएकाे कार्यक्रममा साहित्यिक रचना वाचनकाे सुरुवात केन्द्रीय सल्लाहाकार प्रमूख रमाकान्त सापकाेटाले गर्नुभएको थियो ।

देशभरका जिल्लाबाट सहभागी साहित्यकार शिक्षकहरुमध्ये कास्किवाट कविहरु शिव त्रिपाटी, छविलाल आचार्य, ह्रिषिकेश वराल गाेर्खावाट हरिप्रसाद घिमिरे , नवलपुरवाट भागवत प्रसाद गाैतम चितवनवाट लकाश पाैडेल, कृष्ण प्रसाद पाेख्रेल भुवानीप्रसाद पाैडेल मकवानपुरवाट जनार्दन खनाल, ज्ञानप्रसाद चाैलागाँई , सुनिल गाैतम, र सुवाश खनाले आफ्नाे रचना वाचन सहित समीक्षा गर्नु भएकाे थियाे ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रमा घिमिरे , महेन्द्र वम, केन्द्रीय सहकाेषाध्यक्ष खिमकान्त पराजुली , केन्द्रीय सल्लाकार चुडामणि ओली केन्द्रीय सदस्य ताेयानाथ लामिछाने , टेकवहादुर केसी , नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम दहालले शुभकामना मनतव्य दिनु भएकाे थियाे । यसै गरि विभिन्न जिल्लावाट कमलीकान्त घिमिरे, गुणराज गाैतम, अर्जुण वराल दुर्गाप्रसाद दहाल , नारायणी अधिकारी, वनमाली सुवेदी विष्णु सुवेदी इन्दीरा अर्याल , समेतकाे भर्चुअल उपस्थिति रहेकाे थियाे।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.