नेपाल राष्ट्रिय शिक्षक संगठनको दवावपछि शिक्षकलाई कोरोना खोप


    

     नेपाल सरकारले राज्यका आवश्यक निकायमा काम गर्ने राष्ट्रसेवकलाई कोरोना खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेपनि हालसम्म सबैलाई उपलब्ध गराउन नसकेको गुनासो शिक्षकहरुबाट आउन थालेको छ । यद्यपि नेपाल  राष्ट्रिय शिक्षक संगठन  जिल्ला समिति मकवानपुरले दशैवटा स्थानीय पालिकामा शिक्षक कर्मचारी तथा विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएपछि सरकारले कोरोना खोप उपलब्ध गराएको छ।

तर पूर्ण रुपमा शिक्षकहरुले कोरोनाको खोप पाई नसकेको र उमेर पुगेका विद्यार्थीले पनि कोरोना खोप पाईनसकेकोले अझैपनि निर्वाध रुपमा विद्यालय खुल्न नसक्ने वातावरण रहेको नेपाल  राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।

मकवानपुरबाट देशभरीमै सन्देश पुग्नेगरी विरोधको कार्यक्रम स्वरुप ज्ञापनपत्र बुझाएपछि सरकारले शिक्षकलाई कोरोना खोप उपलब्ध गराएको हो । तर विद्यार्थीबीच खोपको पहुँच अझै शुनिश्चित नभएपछि अझैपनि विद्यालय खुल्ने समय अनिश्चित भएको दाहालले प्रतिक्रिया दिनुभयो । 




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.