प्रदेश सरकारद्वारा जनप्रिय माविमा वस हस्तान्तरण




     जनप्रिय मावि हेटौंडा १६ मा प्रदेश सरकारबाट नयाँ स्कुल वस हस्तान्तरण भएको छ । यो वससंगै अव जनप्रिय माविले आफ्नै २ वटा सुविधा सम्पन्न स्कुलवसहरु सञ्चालनमा ल्याउने भएको हो । 

वसको सुविधासंगै अब विद्यालयले टाढाबाट  पढन आउने विद्यार्थीलाई समेत जनप्रिय माविमा समेट्न सक्ने भएको छ । यसबाट सेवा क्षेत्रका विद्यार्थी तथा अभिभावक समेत उत्साही बनेको कक्षा १० मा अध्ययनरत विद्यार्थी मेनका ढकालले बताईन् । विद्यालयले यसअघि आफ्नै स्रोतमा  एउटा वस सञ्चालनमा ल्याएको भएपनि वागमती प्रदेश सरकारका मूख्यमन्त्री डोरमणी पौडेलको पहलमा सरकारबाट थप एउटा वस विद्यालयलाई उपलब्ध गराईएको मूख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताउनुभयो ।

नेपाल सरकारबाट नमूना विद्यालयका रुपमा छनौट भई भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा जनप्रिय माविले फड्को मारेको  अभिभावक ‍‍‍‍‍सुर्यकला तिमल्सेना तामङ्गले बताउनुभयो । जनप्रिय माविले विद्यालय तहमा साधारण तथा प्राविधिक धारतर्फ शिक्षा प्रदान गर्दै आईरहेको छ । देशभरका करिव ४३ जिल्लाबाट बालबालिकाहरु उज्जवल भविष्य खोज्दै जनप्रिय माविमा पढ्न आउने गरेको विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले बताउनुभयो। 

विद्यालयले साधारण धारतर्फ विद्यार्थी अभिभावकको माग बमोजिम अंग्रेजी तथा नेपाली दुबै माध्यममा पटनपाठन गर्दै आएको छ भने प्राविधिक धारतर्फ बाली विज्ञान, पशुविज्ञान तथा ईलेक्ट्रिक ईन्जिनियरिङ्ग विषयमा अध्यापन गराराउँदै आएको अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताउनुभयो । यता विद्यालयले बालबालिकाको सर्वाङ्गिण पक्षको विकास गराउन सुविधासम्पन्न  ई-पुस्तकालय तथा आफ्नै मिडिया हाउस समेत सञ्चालनमा ल्याएको पुस्तकालय ब्यवस्थापक विदुर सापकोटाले बताउनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.