जनप्रिय माध्यामिक विद्यालय दिब्यसेवा बालक्लबले आयोजना गरेको अनलाईन चित्रकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज मामाघर नेपाल मकवानपुरमा सम्पन्न भएको छ । जनप्रिय माध्यामिक विद्यालय हेटौंडा १६ ले बालबालिकाको प्रतिभा उजागरका लागि दिब्यसेवा बालक्लव मार्फत आफ्ना क्रियाकलापहरु अगाडि बढाउँदै आएको छ ।
गत जेष्ठ २८ गते सम्पन्न अनलाइन चित्र कला प्रतियोगितामा मामाघरका प्रशान्त तामाङ्गले प्रथम स्थान हासिल गरेका थिए भने सिद्धार्थ मावि हेटौंडाकी प्रकृति अर्यालले दोस्रो स्थान हासिल गरेकी हुन् । यसैगरी मामाघर नेपाल का छिरिङ लामाले तृतीय स्थान हासिल गरेका थिए । उत्कृष्ट चारजना सहभागी छनौट गरिएको कार्यक्रममा जेनिथ ईङ्लिस स्कुलबाट र जनप्रिय मावि मकवानपुर बाट सहभागी श्रृषा श्रेष्ठ तथा आशिका विश्वकर्मा ले सान्तवना पुरस्कार हात पारेका थिए ।
विजयी प्रतियोगीहरुलाई जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालले मामाघर नेपालको हलमा एक कार्यक्रमबीच पुरस्कार राशी प्रदान गरेका हुन् । प्रथमदेखि सान्तवना सम्मका पुरस्कृतहरुले क्रमश: २ हजार १५ सय १ हजार र ५|५ सय राशी पुरस्कार प्राप्त गरेका हुन् । पुरस्कार रकम जनप्रिय मावि हेटौंडा १६ ले उपलब्ध गराएको हो ।
कार्यक्रममा मामाघर नेपालका संस्थापक अर्पण पराजुलीले मामाघर नेपालको संक्षिप्त इतिहास सुनाउँदै जनप्रिय माविको रचनात्मक कार्यप्रति प्रशंसा गर्नुभएको थियो । यता विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले जनप्रिय मावि अबका दिनमा पनि मामाघर नेपालसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । विद्यालयका बालक्लव अभियन्ता समेत रहेका शिक्षक युक्तलाल विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका तर्फबाट ११/१२ संयोजक कल्याणकृष्ण प्याकुरेल, नेपाली तथा अंग्रेजी माध्यम संयोजक नीर बहादुर खड्का तथा रविन श्रेष्ठ, शिक्षक विदुर सापकोटा, लेखा ब्यवस्थापक प्रदिप दाहाल, शिक्षकहरु संप्रस पौडेल, मुना थिङ्ग तामाङ्ग, रंणजित शाह, सुनिल गौतम, तथा राजन तिमल्सेना लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मामाघर नेपालले निर्माण गर्दै गरेको सनेदेशमूलक चलचित्रका निम्ति सुनिल गौतमको शब्दमा रहेको - दुख्दैन सडक दिदैन छानो....बोलको शीर्ष गीत पनि प्रस्तुत गरिएको थियो ।

