शिक्षक संगठन मकवानपुरका दुई पालिकामा विशेष कार्यक्रम सम्पन्न


    

       नेपाल राष्ट्रिय शिक्षक संगठन  मकवानपुरगढी गाउँपालिका र इन्द्रसरोवर पालिकाको छुट्टा छुट्टै दुई विशेष कार्यक्रम आज सम्पन्न भएको छ । शिक्षक संगठन मकवानपुरगढी गाउँपालिका र इन्द्रसरोवर पालिकाले शिक्षक एवम् विद्यार्थीका लागि महत्वपूर्ण रचनात्मक कार्यक्रमहरु आज सम्पन्न गरेका हुन् ।

कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण बन्द रहेको शिक्षा क्षेत्रलाई मध्यनजर गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले चलाएको अभियानपछि संगठनका स्थानीय पालिकाहरु फेरीपनि जागरुक भएका हुन् । इन्द्रसरोवर पालिका तथा हेटौंडा नगरसमिति र शिक्षक हीत साकोसले एक एक हप्ते शिक्षक प्रशिक्षण चलाएसंगै शिक्षक संगठन मकवानपुरगढी गाउँपालिकाले पनि एकहप्ते शिक्षक तालिम आज सम्पन्न गरेको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यता तथा मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यतामा संगठन मकवानपुरगढी गाउँपालिकाको एकहप्ते तालिम आज सम्पन्न भएको हो ।  समापन कार्यक्रमलाई नेपाल राष्ट्रिय शिक्षक संगठन ICT ब्यूरो प्रमूख केशवराज घिमिरेले सहजीकरण गर्नुभएको हो । कार्यक्रममा प्रमूख अतिथी शर्माले संगठनको सांगठनिक सवलीकरणका बारेमा प्रशिक्षण दिनुभएको थियो ।  कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले शिक्षक संगठनको सदस्यता लिन परीक्षा नै चलाउनुपर्ने र त्यो काम मकवानपुर जिल्लाले नै शुरुवात गर्नसक्ने बताउँदै मकवानपुरगढी गाउँपालिकातर्फ संकेत समेत गर्नुभयो । 

संगठनमा आवद्ध शिक्षकहरु सबैकुराले सक्षम छन् भन्नका लागि अब यस्तो परीक्षा आवश्यक रहेको र त्यसको शुरुवात संगठनको जननी मकवानपुर जिल्लाले गर्नुपर्नेमा मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालको ध्यानाकर्षण समेत गर्नुभयो । कार्यक्रम संगठन मकवानपुरगढी पालिका  अध्यक्ष शीवप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो । उपाध्यक्ष सविता तिमल्सेनाले सञ्चालन  गर्नुभएको कार्यक्रममा देशभरका करिव २ सय जना शिक्षकको उपस्थिती रहेको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका स्राेत शिक्षक ईन्द्रबहादुर कार्की र दाशरथी उपाध्यायकाे समेत सक्रियता रहेकाे थियाे । कार्कीले भने तालिमकाे सहजिकरण एवम् संयाेजनमा मूख्य भूमिका समेत निर्वाह गरेका हुन् ।

यता शिक्षक संगठन मकवानपुर इन्द्रसरोवर पालिकाले जिल्लामै पेशागत संस्थामध्ये पहिलोपटक अनलाईन चित्रकला प्रतियोगिता आज सम्पन्न गरेको छ । शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रमा इन्द्रसरोवर गाउँ शिक्षा समिति सदस्य देवकृष्ण  पुडासैनीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा इन्द्रसरोवर पालिका लगायतका बालबालिकाले भर्चुअल चित्रकला प्रतियोगितामा भाग लिएका थिए । शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव पुरुषोत्तम आचार्य र प्रचार विभाग प्रमूख सुनिल गौतमको उपस्थिती रहेको थियो । 

सहदेव रिमाल, सरस्वती थापामगर,  आशा श्रेष्ठ तथा संरचना शर्माको निर्णय रहेको प्रतियोगितामा सुहाचुनी मावि कक्षा ९ की  छात्रा सुप्रिया लामा प्रथम, पञ्चकन्या मावि कक्षाा ६ की छात्रा प्राची लामा द्धितीय तथा महाचुली मावी कक्षा १० का छात्र इशाक बिक तृतीय भएका हुन् । 








                                                                          

संगठन इन्द्रसरोवर पालिका सचिवले सञ्चालन गर्नुभएको कार्यक्रम  अध्यक्ष मनबहादुर स्याङतानको अध्यक्षतामा सम्पन्न भएको हो ।  उपाध्यक्ष संरचना शर्मा को समेत उपस्थीती एवम् सक्रियता रहेको कार्यक्रममा आगामी दिनमा समेत यस्ता रचनात्मक कार्यक्रम गर्ने उहाँले बताउनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.