शिक्षक हित साकोसले आफ्नो १२ औं स्थापना दिवशको अवशरमा आज दुई दिवशीय सहकारी प्रशिक्षणात्मक कार्यक्रम शुरु गरेको छ । राष्ट्रिय सहकारी संघका सदस्य नारायणप्राद देवकोटाको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ की उपात्ध्यक्ष राधा सिन्तानले प्रशिक्षण दिनुभएको हो ।
सहकारी शिक्षा आजको अनिवार्य आवश्यकता भन्दै शिक्षकहरुको सहकारी शिक्षक हित साकोसले यस्तो भर्चुअल प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरेको हो । सहकारी, राष्ट्रिय अर्थतन्त्रको तेस्रो खम्वा भएकोले यसको उचित विकास र सम्वर्दन गरेमात्र जनस्तरको विकास हुनसक्ने कार्यक्रममा सहभागीहरुले बताउनुभएको हो ।
प्रमूख अतिथि देबकोटाले मकवानपुर सहकारीका क्षेत्रमा सदैब अगाडि रहेको त्यसमाथि पनि यो शिक्षकहरुको मात्र सहकारी भएकोले यसको महत्व अझै ब्यापक भएको बताउनुभएको हो । प्रशिक्षण दिदै प्रशिक्षक सिन्तानले भने सहकार्यबाट मात्रै सहकारी र त्यहाँ रहने सदस्यहरुको उचित विकास हुने धारणा ब्यक्त गर्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले भने शिक्षकहरुलाई आवश्यक आर्थिक पक्षको सहजता मात्र हैन की शिक्षक सहकारीले शिक्षकलाई एकताबद्ध पार्न पनि सयोग गरेको धारणा ब्यक्त गर्नुभयो ।
सहकारी अध्यक्ष सितारम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, जिल्ला अध्यक्ष श्रीराम दाहाल,उपाध्यक्ष लक्ष्मी गजुरेल, सचिव पुरुषयोत्तम आचार्य, कोषाध्यक्ष जयप्रसाद पोखरेल,सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, वागमती प्रदेश सचिवालय सदस्य पूर्ण पूरी, मोरङ् सहसचिव रिता पाठक दाहाल,सहकारीकर्मी एवम् शिक्षक रामजी प्रसाद हुँमगाई,मकवानपुरगढी संगठन अध्यक्ष शिवप्रसाद लामिछाने लगायतको उपस्थिती रहेको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । कार्यक्रम सहकारीका सहसचिव कृष्णप्रसाद पोखरेलले सञ्चालन गर्नुभएको हो ।

