संगठन मकवानपुरको सकरात्मक सोच मनोपरामर्श कार्यक्रम सम्पन्न

 

 

    नेपाल राष्ट्रिय शिक्षक संगठन मकवापुर जिल्ला समितिले कोभिड १९ को दोस्रो लहरबीच शिक्षक विद्रयार्थी र सरोकारवालबीच आज सकरात्मक सोच सम्वन्धी मनोपरामर्श  कार्कयक्रम सम्पन्न गरेको छ । सहजकर्ता एवम् प्रशिक्षक डा अशोक पाण्डेले देशभरबाट भर्चुअल जुममा सहभागी शिक्षकलाई प्रशिक्षण दिनुभएको हो । 


यतिबेला सकरात्मक सोच र आत्मवलको खाँचो छ । चाहे देशको राजनैतिक परिस्थिति होस् वा चाहे वातावरणजन्य नै । शिक्षकहरु समाजका संवाहक हुन् त्यसैले शिक्षकबाट नै समाजको सकरात्मक सोच परिवर्तन संभव छ - भन्दै प्रशिक्षक पाण्डेले प्रशिक्षणमा उठेका जिज्ञासाको पनि समाधान गर्नुभएको हो ।


शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडेलले मकवानपुर जिल्ला संगठनको जननी जिल्ला भएको र आफूहरुले त्यसको गरिमालाई कायम राख्न बोलेर हैन काम नै गरेर देखाएको स्मरण गर्नुभयो । उहाँले राष्ट्रिय रुपमा यस जिल्लाले कमाएको ख्यातिले आफ्नो समेत शीर उँचो बनाएको बताउनुभयो ।


यता शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले भने हामी लकडाउनका कुनैपनि श्रृखलामा समयलाई खेर फालेर बसेका छैनौं बरु त्यो समयलाई रचनात्मक र सिकाइसंग जोड्दै लगिगरेका छौं भन्दै गतवर्षको लामो ननिदाएका शिक्षकहरु श्रृंखलाको स्मरण गर्नुभयो । 


संगठन राष्ट्रिय समिति महिला उपाध्यक्ष ईला मल्लको प्रमूख आतिथ्यता तथा सदस्य पद्मा पौडेलको विशेष आतिथ्यता रहेको कार्यक्रम 

मकवानपुर अध्यक्ष श्रीराम दाहाल को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक नेताहरु संगठन राष्ट्रिय परिषद सदस्य सुन्दरी घिमिरे खतिवडा, वगामती प्रदेश अध्यक्ष नीरबहादुर कार्की, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, संगठनका शिक्षक नेताहरु पूर्ण पूरी (चितवन), रामप्रसाद ढकाल (पाल्पा), आङ्गमायाँ शेर्पा (रसुवा), पूर्ण डाँगी (कर्णाली) मोचनाथ न्यौपाने (रसुवा), पुरुषोत्तम पाहाडी(सिन्धुली), रिता पाठक (मोरङ्ग), ज्ञानहरि रिजाल (प्यूठान)  लगायत उपस्थिती रहेको थियो ।


त्यसैगरी मकवानपुर कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, केन्द्रिय प्रतिनिधी लक्ष्मी रिमाल, पूर्व सचिव केशव प्रसाद सञ्जेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल,सहकारी संगठन मकवानपुर सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल,  हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने,मकवानपुरगढी अध्यक्ष शीवप्रसाद लामिछाने, सचिव गोपिरमण प्याकुरेल ,  थाहा नगर अध्यक्ष रुपचन्द्र गोपाली, वागमती सचिव टेक बहादुर जर्गा मगर CNT संस्थागत सहसचिव कुमार रुम्वा, पर्वत जिल्ला सचिव सुरेन्द्र शर्मा गौतम इन्द्रसरोवर उपाध्यक्ष संरचना शर्मा  लगायत प्रतिनिधीमूलक रुपमा देशभरबाट उपस्थिती रहेको प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.