दिवङ्गत शिक्षकको जिम्मा राज्यले लिनुपर्ने

 

                                            तस्वीर:सुनिल गौतम


    नेपाल निवृत्त  शिक्षक समाज मकवानपुरले आफ्नो नियमित बैठक भर्चुअल कार्यक्रम मार्फत सम्पन्न गरेको छ । समाजले  बैठकमा विगतमा कमिटिले सम्पन्न गरेका कामहरुको समीक्षा गर्नुको सथै आगामी कार्यक्रमका रणनीतिहरु समेत तय गरेको छ ।

बैठकले कोभिड १९ का कारण देशभर ज्यान गुमाउने झण्डै २०० जना दिवङ्गत  शिक्षकहरुको संझनामा शोक प्रस्ताव पारित गर्दै आत्माको शान्तिको कामना  समेत ब्यक्त गरेको छ । साथै मृतकका परिवारकप्रति हार्दिक समवेदना समेत ब्यक्त गरेको जिल्ला सचिव एवम् केन्द्रिय समिति प्रचार विभाग प्रमूख अभिमन्यू गौतमले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै सहभागीहरुले शिक्षा र शिक्षकमाथि राज्यले गरेको बिभेदप्रति निबृत्त शिक्षक समाज चुप लागेर नबस्ने धारणा ब्यक्त गरेका थिए । समयमा नै कोभिड विरुद्दको खोप शिक्षक कर्मचारी तथा निबृत्त शिक्षकलाई उपलब्ध नगराएका कारण देशभर थुप्रै शिक्षकहरुले ज्यान गुमाउनुपरेको र त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने समाजको जोडदार माग रहेको छ ।

समाजका अध्यक्ष शिवदयाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार विशाल विडारी, विष्णु सुवेदी, अरुण खतिवडा, सदस्य विष्णु धिताल, सीताराम  दहाल, केशव पूडासैनी, शरद श्रेष्ठ, विष्णु दहाल, महेन्द्र इटेनी, गोपि न्यौपाने, कृष्ण गोपाल वर्तौला, खुशिलाल मोक्तान लगायतको उपस्थित रहेको थियो । कार्यक्रमलाई सचिव अभिमन्यू गौतमले सञ्चालन गर्नुभएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.