नीजामति विद्यालय गलत मात्र हैन बदमासी पनि हो - अध्यक्ष शर्मा

 खोपको पहिलो  डोज शिक्षक र विद्यार्थीलाई लगाईनुपर्ने - दाहाल






    सरकारले प्रस्तुत गरेको ०७८/०७९ को बजेटमा नीजामति विद्यालय स्थापनाको अवधारणा गलत मात्र नभएर बदमासी पनि भएको बताईएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले आम नागरिकबाट असुलेको करको रकम दुरुपयोग गर्दै नीजामती विद्यालय स्थापनाको परिकल्पना अत्यन्तै नीन्दनीय भएको बताउनुभएको हो ।

बजेटमा केही राम्रा पक्षहरु भएपनि यो आर्थिक वर्षको बजेटलाई संगठनले पूर्ववत बजेटभन्दा भिन्न नरहेको शर्माले प्रतिक्रिया दिनुभयो । यो बजेटबाट शिक्षा क्षेत्रमा कुनै दूरगामी अपेक्षा गर्न नसकिने बताउँदै वहाले बृद्ध बृद्धालाई औषधी खुवाएर बचाईरहे जस्तै बजेटको संज्ञा दिनुभएको हो । शर्माले राहत शिक्षक, विद्यालय कर्मचारी, साविक उच्चमावि दरवन्दी तथा शिक्षकका तमाम समस्या शिक्षा ऐनसंग जोडिएको विषय भएकोले अब संगठनको सबै शक्ति त्यतातर्फ केन्द्रित गर्ने बताउनुभएको छ । कोभिड १९ को संक्रमणमा परी ज्यान गुमाउने शिक्षकका सन्दर्भमा भने राज्यले बुझेर शिक्षकलाई खोप नदिएपनि आफूहरुको पँहूच तत्काल सिसिएमसी सम्म पुग्न नसक्नु दुर्भाग्य भएको टिप्पणी गर्नुभयो । शिक्षक महासंघबारे जारी विवाद शिक्षक संगठनको तर्फबाट नभएकोले यसबारे भ्रममा नपर्न पनि वहाले सरोकारवाला सबैमा आगर्ह गर्नुभयो । नेपाल राष्ट्रिय  शिक्षक संगठन इन्द्रसरोवर पालिकाको १० दिने शिक्षक प्रशिक्षण समापन समारोहलाई संवोधन गर्दै संगठन अध्यक्ष लक्ष्मण शर्माले यस्तो बताउनुभएको हो ।

यता बजेट वक्तब्यप्रति संगठनको आधिकारिक धारणा भन्दै नेपाल राष्ट्रिय  शिक्षक संगठन राष्ट्रिय समितिले पनि आज एक विज्ञप्ती जारी गरेको छ । अध्यक्ष लक्ष्मण शर्मा र महासचिव हंसबहादुर शाहीको संयुक्त हस्तारमा जारी विज्ञप्तिमा बजेट बक्तब्यप्रति सकरात्मक र नकरात्मक पक्ष औंल्याउँदै केही पक्षप्रति सरकारको ध्यान गम्भीर हुन जरुरी रहेको बताईएको छ । 

     




    यता इन्द्रसरोवर पालिकाकै कार्यक्रममा बोल्दै विशेष अतिथि शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले भने कोभिडबाट समुदायलाई जोगाउने हो भने अब आउने खोपको पहिलो  डोज शिक्षक र विद्यार्थीलाई लगाईनुपर्ने धारणा ब्यक्त गर्नुभएको छ । समुदायसंग प्रत्यक्ष जोडिएको शिक्षक विद्रयार्थीलाई राज्यले गरेको उपेक्षाप्रति अब आम समुदाय एकजुट भएर लाग्नुपर्ने समेत वहाले धारणा राख्नुभयो । पहिलो चरण सम्वन्धित निकायलाई हामी जानकारी गराएर खोप माग्छौ अन्यथा विरोधमा उत्रनुको विकल्प नरहेको दाहालले बताउनुभयो ।

देशभरबाट  करिव २ सय शिक्षकहरु कार्यक्रममा सहभागी रहेको संगठन मकवानपुर प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । संगठन इन्द्रसरोवर पालिका अध्यक्ष मनबहादुर स्याङ्गतानको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष जीवन लामा लगायत संगठन तथा शिक्षक महासंघका राष्ट्रिय समिति, प्रदेश समिति, जिल्ला समिति एवम् स्थानिय पालिका समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । संगठन पालिका उपाध्यक्ष संरचना शर्माले धन्यवाद दिनुभएको कार्यक्रमलाई इन्द्रसरोवर शिक्षक महासंघ सचिव कुमार रुम्वाले सञ्चालन गर्नुभएको हो ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.