मकवानपुर फेरी लालटिन जुलुस निकाल्न तयार छ-दाहाल
फाईल तस्वीर:
वर्तमान सरकारको वजेट वक्तब्यले शिक्षकको तहगत बढुवाका लागि बाटो खुलेको शिक्षक संगठन महासचिव हंसबहादुर शाहीले बताउनुभएको छ। वक्तब्यमा प्राथमिक तहकाे पुलमा रहने दरवन्दी माध्यामिक तहमा लैजान बाटाे खुल्नेगरी अर्थमन्त्रीले बजेट पेश गरेपछि याे बाटाे खुलेकाे शाहीले बताउनुभयाे । सकरात्मक र नकरात्मक दुबै पटोलाई केलाउँने क्रमममा वहाले यस्तो धारणा राख्नुभएको हो । बालविकास तथा विद्यालय कर्मचारीको तलव बृद्धी हुनु,ब्रोडब्याण्ड ईन्टरनेट सुविधा तथा विद्यार्थी ल्यापटप कार्यक्रम जस्ता केही सकरात्मक कार्यक्रम वजेटले ल्याएपनि वजेटका अन्य पक्षले शिक्षकमाथि चरम उपेक्षा गरेको शाहीको आरोप छ
राष्ट्रसेवक शब्दको परिभाषा नै आफ्नो अनुकुलमा ब्याख्या गर्ने र शिक्षकलाई त्यसबाट पन्छ्याउने कार्य भईरहेको प्रति वहाले आक्रोश समेत ब्यक्त गर्नुभयो । नीजामती कर्मचारी तथा अन्य राष्ट्रसेवकले छुट्टाछुट्टै विद्यालय खोल्ने भए सर्वसाधारणको सामूदायिक विद्यालयको हैसियत के हुने ? उहाले प्रश्न समेत राख्नुभयो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको एक कार्यक्रममा बोल्दै प्रमूख अतिथी महासचिव शाहीले यस्तो धारणा ब्यक्त गर्नुभएको हो ।
यता विशेष अतिथी शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले शिक्षकमाथि राज्यले गरेको चरम विभेदप्रति मकवानपुर जिल्ला विगतमा जस्तै पून लालटिन जुलुस निकाल्न तयार रहेको बताउनुभयो । ९९ जना शिक्षकले दिउसै लालटिन जुलुस निकालेर स्थापित गरेका शिक्षक अधिकारको विरासत अझै ताजा भएको बताउँदै दाहालले शिक्षक संगठन मकवानपुर अझै उही जोशका साथ संग्राममा जान पछि नपर्ने बताउनुभएको हो । उहाले शिक्षक र नीजामती तथा अन्य राष्ट्रसेवकबीच भएको विभेद तत्काल अन्त्य गर्न पनि सरकारसंग जोडदार माग गर्नुभएको छ ।
यता संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्षमण शर्माले पनि बुधवार एक मिडियामार्फत आफ्नो अभिब्यक्ति सार्वजनिक गर्दै नीजामती भन्दा शिक्षकलाई माथिल्लो दर्जामा रख्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षक संगठन मकवानपुरको इतिहास, बाह्रौं कार्यकाल र भावी कार्यदिशा विषयको प्रस्तुती गरिएको थियो ।
संगठन मकवानपुर सचिव पुरुषोत्तम आचार्यले प्रस्तुत गर्नुभएको संक्षिप्त विवरणपछि देशभरबाट सहभागी भएका शिक्षक र सरोकारवालाहरुले यसबाट आफूहरु लाभान्वित भएको प्रतिक्रया दिएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर पालिकाले आयोजना गरेको यो लगातार ८ अाैं दिनको श्रंखला हो । कोभिड १९ को प्रथम लकडाउन अवधीमा पनि मकवानपुर जिल्लाले ६० दिन लामो ICT तालिम र राष्ट्रिय समितिको परिकल्पनामा २१ हप्ते ननिदाएका शिक्षकहरुको श्रृंखला राष्ट्रिय रुपमा प्रशारण गरेको संगठन मकवानपुर प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।
आाज सञ्चालित प्रशिक्षणात्मक अनलाईन तालिममा देशभरका करिव १५० शिक्षकले भाग लिएका थिए ।
कार्यक्रममा शिक्षक नेताहरु संगठन राष्ट्रिय परिषद सदस्य सुन्दरी घिमिरे खतिवडा, वगामती प्रदेश अध्यक्ष नीरबहादुर कार्की, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, संगठनका शिक्षक नेताहरु पूर्ण पूरी (चितवन), रामप्रसाद ढकाल (पाल्पा), आङ्गमायाँ शेर्पा (रसुवा), पूर्ण डाँगी (कर्णाली) मोचनाथ न्यौपाने (रसुवा), पुरुषोत्तम पाहाडी(सिन्धुली), रिता पाठक (मोरङ्ग), ज्ञानहरि रिजाल (प्यूठान) लगायतको उपस्थिति रहेको थियो ।
इन्द्रसरोबर अध्यक्ष मन वहादुर स्याङ्तानको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक संगठन मकवानपुर कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, केन्द्रिय प्रतिनिधी लक्ष्मी रिमाल, पूर्व सचिव केशव प्रसाद सञ्जेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल,सहकारी संगठन मकवानपुर सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने,मकवानपुरगढी अध्यक्ष शीवप्रसाद लामिछाने, सचिव गोपिरमण प्याकुरेल , थाहा नगर अध्यक्ष रुपचन्द्र गोपाली, वागमती सचिव टेक बहादुर जर्गा मगर CNT संस्थागत सहसचिव कुमार रुम्वा, पर्वत जिल्ला सचिव सुरेन्द्र शर्मा गौतम मकवानपुर इन्द्रसरोवर उपाध्यक्ष संरचना शर्मा सचिव भीमबहादुर स्याङ्तान लगायतको उपस्थिती रहेको थियो ।
भोलि पनि बिहान ११ बजेबाट डिजिटल जुम मिटिङ्ग मार्फत सञ्चालन हुने प्रशिक्षण कार्यक्रमलाई ननिदाएका शिक्षकहरु फेसबुक पेज र ESNL TV यूट्यूब च्यानलबाट समेत प्रत्यक्ष प्रशारण हुने संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

