जनप्रिय माध्यामिक विद्यालयले आफ्नो नियमित श्रृंखला अन्तर्गत आज निवन्ध लेखन प्रशिक्षण सम्पन्न गरेको छ । अनलाईन भर्चुअल माध्यमबाट निवन्ध लेखन प्रशिक्षण सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुर पाल्पा कञ्चनपुरलगायत देशभरका बालबालिकाले सहभागिता जनाएका हुन् ।
प्रशिक्षणलाई साहित्यकार एवम् प्रलेस केन्द्रिय परिषद् सदस्य सुवास खनालले सहजीकरण गर्नुभएको हो । खनालले निवन्ध लेखनका सैद्धान्तिक पक्षमाथि प्रशिक्षण दिदै निवन्धका केही नमूनाहरु समेत प्रस्तुत गर्नुभएको थियो । जनप्रिय मावि दिब्यसेवा बाल क्लवको संयोजन र MAP शान्तिका लागी कलाको सहकार्यमा नियमित सोमबार र बिहिबार प्रस्तुत हुँदै आईरहेको छ ।
सैद्धान्तिक प्रशिक्षणपछि सोमबार हुने कार्यक्रम भने खुला प्रतियोगितात्मक निवन्ध लेखन प्रतियोगिता हुने जनप्रिय मावि हेटौंडा १६ का मिडिया कक्षका युक्तलाल विश्वकर्माले बताउनुभयो । कार्यक्रममा जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्याल मिडिया तथा परामर्श कक्ष एवम् अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ नेपाली माध्यम संयोजक नीर बहादुर खड्का प्रावि संयोजक कृष्णप्रसाद अधिकारी बिदुर सापकोटा प्रदिप दाहाल जनप्रिय मावी पाल्पा स प्र अ तिर्थ गौतम लगायतको उपस्थिती रहेको थियो ।
युक्तलाल बिश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रमका बारेमा मिडिया कक्षका सुनिल गौतमले शुभकामना राख्नुभएको थियो भने रविन श्रेक्ष्ठले धन्यवाद ज्ञापन गर्नुभएको हो

