शिक्षक संगठन इन्द्रसरोवरले बुझायो पालिकालाई ज्ञापनपत्र


नेपाल  राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर पालिकाले आर्थिक वर्ष ०७८/०७९ को बजेटमा आफ्ना मागहरु समेत संवोधन हुनेगरी नीति तथा कार्यक्रममा संवोधन गर्न गाउँकार्यपालिकालाई आज ज्ञापनपत्र पेश गरेको छ ।  शिक्षा नै मानव संसाधन विकासको मूल आधार भएका हुनाले नीति तथा कार्यक्रमलाई प्राथमकितामा राख्न ज्ञापनपत्र पेश गरेको संगठन पालपका अध्यक्ष मनबहादुर स्याङ्गतानले बताउनुभयो ।

बिभिन्न १७ वटा बुँदामा समेटेर बुझाईएको ज्ञापन पत्रमा कूल बजेटको २० प्रतिशत रकम शिक्षामा छुट्याईनुपर्ने, बालविकास र कक्षा १ को बीचमा थप एकह कक्षा सञ्चालन गर्नुपर्ने, मासिक १ हजार प्रोत्साहन भत्ता थप गर्नुपर्ने लगायतका मागहरु छन्  ।




संगठन ईन्द्रसरोबरबाट अध्यक्ष मनबहादुर स्याङ्गतानको नेतृत्वमा गएको टोलीले गाउँपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा कुमारी लामा, प्रशासकीय अधिकृत किरणनीधि तिवारी, शिक्षा प्रमूख धर्मानन्द पन्त लगायतको रोहबरमा ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा संगठन इन्द्रसरोबर उपाध्यक्ष संरचना शर्मा,सचिव भीम बहादुर स्याङ्गतान लगायतको उपस्थिति रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.