शिक्षक संगठन हेर्टौंडा नगरको चौथो दिन शिक्षक प्रशिक्षण सम्पन्न

 




नेपाल  राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगरपालिका कमिटिले आज चौथो दिनको शिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । कोरोना भाईरस कोभिड १९ को प्रभावका समयमा शिक्षकलाई तालिमप्राप्त र प्रविधीमैत्रि बनाउँने अभियान अन्तर्गत संगठन हेटौडा नगरकमिटिले ५ दिने प्रविधीमैत्रि तालिम सञ्चालन गरेको अध्यक्ष मुकुन्द न्यौपानेले बताउनुभयो ।


नेपाल  राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश अध्यक्ष नीर बहादुर कार्कीको प्रमूख आतिथ्यता तथा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमूख कृष्ण प्रसाद घिमिरेको विशेष आातिथ्यता रहेको कार्यक्रममा नगर अध्यक्ष मुकुन्द न्यौपानेको अध्यक्षता रहेको थियो । 


तालिमलाई बुधवार र आज २ दिन वागमती प्रदेश STF संयोजक देव प्रसाद पण्डितले  सहजीकरण गर्नुभएको हो  । तालिममा कक्षाकोठामा बालबालिकालाई अध्यापन गर्न आवश्यक पर्ने पावर प्वाईन्ट निर्माण तथा आवश्यक प्राविधिक सीपबारे प्रशिक्षण गरिएको थियो । 


कार्यक्रममा शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, वागमती प्रदेशश सचिवालय सदस्य पूर्ण पूरी, संगठन मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल सचिव पुरुषोत्तम आचार्य लगायत देशभरबाट करिव २ सय ५० जनाको भर्चुअल सहभागिता रहेको थियो । 

कार्यक्रमलाई संगठन नगर सचिव गोपिरमण प्याकुरेलले सञ्चालन गर्नुभएको थियो । 


भोलि शुक्रबार भने शिक्षकहरुको राष्ट्रिय गरिमा बन्न सफल ननिदाएका शिक्षकहरुको विशेष २२ औं श्रृंखला साझ ७ बजे जिल्ला समिति मकवानपुरको ब्यानरमा सञ्चालन हुने, संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय समिति महासचिव हंस बहादुर शाहीको प्रमूख आतिथ्यता तथा राष्ट्रिय समिति सदस्य पद्मा पौडेलको विशेष आतिथ्यता रहने छ । कार्यक्रमको समीक्षा भने जिल्ला आयोजना कार्यान्वयन ईकाई मकवानपुर प्रमूख बद्रीबहादुर पाठकले गर्नुहुने बताईएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.