पञ्चायती शिक्षा ऐन-गणतन्त्रमा पनि ज्यूँदै

 सरकारले शिक्षकलाई जानेर दिदैन झुकाएर लिएको विरासत छ-कार्की


                                                                                               फाईल तस्वीर


    मूलुक संघीय गणतन्त्रको अभ्यासमा गईसकेको यतिका वर्ष वित्दा पनि देशको शिक्षा ऐन भने पञ्चायतकालकै रहेको भन्दै शिक्षकहरुबाटै आलोचना शुरु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको एक कार्यक्रममा बोल्दै शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले यस्तो बताउनुभएको हो ।

दाहालले अब शिक्षकहरु दुई सुत्रिय माग लिएर आनेदोलनमा उभिने बताउनुभएको हो । त्यो दुई सुत्रिय मागमा भने अग्रभागमा रहेर काम गर्ने देशभरका शिक्षक तथा कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप अविलम्व व्यवस्था गर्नुपर्ने र पञ्चायतकालमा लागू गरिएको शिक्षा ऐन २०२८ लाई तत्काल खारेज गरी सघिय शिक्षा ऐन ल्याउनुपर्ने रहेका छन् । संघीय शिक्षा ऐनको बारेमा बोल्दै वहाले बालविकास शिक्षक विद्यालय कर्मचारीलाई दरवन्दीमा लैजाने तथा शिक्षकका तमाम मुद्दा  शिक्षा ऐनसंगै जोडिएका हुनाले अविलम्व संघीय शिक्षा ऐन जारी गर्न सरकारसंग माग गर्नुभयो ।

यता शिक्षक संगठन वागमती प्रदेश अध्यक्ष नीर बहादुर कार्कीले भने सरकारले शिक्षकलाई जानेर कहिल्यै कुनैपनि अधिकार नदिएको बरु सरकारलाई नै झुकाएर लिनुपरेको विरासतलाई स्मरण गर्नुभएको छ । हालै संघीय सरकारले प्रस्तुत गरेको वजेट वक्तब्यमाथि टिप्पणी गर्दै वहाले भन्नुभयो-सामुदायीक शिक्षाको गुणस्तर सुधार गर्नुको सट्टा सरकार नीजामती विद्यालयतर्फ अग्रसर हुनु अत्यन्तै लज्जास्पद रहेको छ । आम नागरिकका बालबालिका पढ्ने सामुदायीक विद्यालयप्रतिको सरकारको यो उदासिनताले मूलूकलाई अझै अधोगतितर्फ लैजाने उहाले टिप्पणी गर्नुभयो ।

नेपाल  राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर पालिकाले आयोजना गरेको सातौं दिनको शिक्षक प्रशिक्षण कार्यक्रममा आज यस्तो धारणा ब्यक्त गरिएको हो । सातौं दिनको शिक्षक प्रशिक्षणलाई काठमाण्डौ विश्वविद्यालयका प्रा.डा. बासुप्रसाद सुवेदी ले प्रशिक्षण दिनुभएको हो । शिक्षकको क्षमता तथा नेतृत्व विकास विषयक अनलाईन तालिममा देशभरका करिव १५० शिक्षकले भाग लिएका थिए । 

कार्यक्रममा शिक्षा क्षेत्रमा भएका विसङ्गतीमाथि शिक्षक संगठनका शिक्षक नेताहरु पूर्ण पूरी (चितवन) रामप्रसाद ढकाल (पाल्पा) आङ्गमायाँ शेर्पा (रसुवा) पूर्ण डाँगी (कर्णाली) मोचनाथ न्यौपाने (रुपन्देही) पुरुषोत्तम पाहाडी(सिन्धुली) रिता पाठक (मोरङ्ग) ज्ञानहरि रिजाल (प्यूठान) लगायतले टिप्पणी गरेका थिए ।

शिक्षक संगठन वागमती प्रदेशअध्यक्ष नीर बहादुर कार्कीको प्रमूख आतिथ्यता तथा संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यतामा समपन्न कार्यक्रममा इन्द्रसरोवर अध्यक्ष मन वहादुर स्याङ्तानको अध्यक्षता रहेको थियो ।


सातौं दिनको प्रशिक्षण कार्क्रममा पनि देशभरका झण्डै  १ सय ५० शिक्षकहरुले  भाग लिएका थिए । कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको लकडाउनलाई पनि रचनात्मक र प्रविमैत्री बनाउँन संगठनको गतिविधिलाई प्रशिक्षणमूलक पारिएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । 

इन्द्रसरोबर शिक्षक संगठन सचिव भीमबहादुर स्याङ्तान र उपाध्यक्ष संरचना शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा  संगठम मकवानपुरका उपाध्यक्ष लक्ष्मी गजुरेल सचिव पुरुषोत्तम आचार्य कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, केन्द्रिय प्रतिनिधी लक्ष्मी रिमाल,  मकवानपुर सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल,  हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, सचिव गोपिरमण प्याकुरेल ,  थाहा नगर अध्यक्ष रुपचन्द्र गोपाली, वागमती सचिव टेक बहादुर जर्गा मगर CNT संस्थागत सहसचिव कुमार रुम्वा  नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली अध्यक्ष पुरुषोत्तम पहाडी, कर्णाली प्रदेशबाट पूर्णबहादुर डाँगी, रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, रसुवा अध्यक्ष आङ् मायाँ शेर्पा, प्यूठान सचि ज्ञानहरी रिजाल पर्वत जिल्ला सचिव सुरेन्द्र शर्मा गौतम मकवानपुर  रहेको थियो । 

भोलि पनि डिजिटल जुम मिटिङ्ग मार्फत सञ्चालन हुने प्रशिक्षण कार्यक्रमलाई ननिदाएका शिक्षकहरु फेसबुक पेज र ESNL TV यूट्यूब च्यानलबाट समेत प्रत्यक्ष प्रशारण  हुने संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । 





SUBSCRIBE         








Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.