जनप्रिय माध्यामिक विद्यालयको अनलाइन चित्र कला प्रतियोगिता सम्पन्न

 


    जनप्रिय माध्यामिक विद्यालयको अनलाइन चित्र कला प्रतियोगिताआज सम्पन्न भएको छ । अनलाईन भर्चुअल माध्यमबाट चित्रकला प्रतियोगिता भएको मकवानपुर जिल्लाबाट यो पहिलोपटक हो । कार्यक्रममा मकवानपुर पाल्पा लगायत कञ्चनपुर जिल्ला सम्मका  बालबालिकाहरुले कार्यक्रममा प्रतियोगी रुपमा सहभागिता जनाएका हुन्।

अनलाइन चित्र कला प्रतियोगितामा मामाघरका प्रशान्त तामाङ्गले  प्रथम स्थान हासिल गरेका हुन् भने अर्याल सिद्धार्थ मावि हेटौंडाकी प्रकृति अर्यालले दोस्रो स्थान हासिल गरेकी हुन् । यसैगरी मामाघर नेपाल का छिरिङ लामाले तृतीय स्थान हासिल गरेका हुन् । उत्कृष्ट चारजना सहभागी छनौट गरिएको कार्यक्रममा जेनिथ ईङ्लिस स्कुलबाट र  जनप्रिय मावि मकवानपुर बाट सहभागी श्रृषा श्रेष्ठ  तथा आशिका विश्वकर्मा ले सान्तवना पुरस्कार हात पारेका हुन्  ।


जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालको अध्यक्षता तथा MAP शान्तिका लागी कला का बिष्णु खत्री को प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई जनप्रिय माविका मिडिया तथा परामर्श कक्षका युक्तलाल बिश्वकर्माले सञ्चालन गर्नुभएको हो । जनप्रिय मावि हेटौंडाका अङग्रेजी विभाग प्रमूख रविन श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमलाई सुनिल गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा जनप्रिय माविका प्लस टु संयाेजक कल्याणकृष्ण प्याकुरेल लेखा व्यवस्थापक प्रदिप दाहाल, पुस्तकालय व्यवस्थापक विदुर सापकाेटा, मावि नेपाली माध्यम संयाेजक नीर बहादुर खड्का, प्रावि संयाेजक कृष्ण प्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा नगर प्रमूख एवम् साहित्यकार डिबी बर्तौला,पतन्जली योग समिती मकवानपुर युवा प्रभारी राजु अधिकारी, जनप्रिय मावी पाल्पा स प्र अ तिर्थ गौतम लगायतको उपस्थिती रहेको थियो ।


कलाकार राजु रूचाल ले निर्णय गर्नुभएको प्रतियोगितमा शिक्षक गहन खतिवडा को सुमधुर साँगितिक प्रस्तुती रहेको थियो । 


हेर्नुहोस प्रतियोगिताका चित्रहरु


प्रथम

द्वितीय

तृतीय

सान्त्वना


सान्त्वना






Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.