समूदायको अग्रभागमा रहेर काम गर्ने शिक्षकलाई कोभिड विरुद्धको खोप नदिए आफूहरु विद्यालय नजाने शिक्षकहरुले चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाश गाउँपालिका कमिटि मकवानपुरले स्थानीय तह सरकारसंग ज्ञापनपत्र मार्फत खोप माग गरेका हुन् ।
शिक्षकहरु आम बालबालिका र समुदायसंग प्रत्यक्ष सम्पर्कमा आउने वर्ग भएकोले शिक्षक र विद्यार्थीलाई यथासीघ्र कोभिडको खोप उपलब्ध गराउन स्गठनले माग गरेको जनाएको छ ।
संगठन कैलाश पालिका अध्यक्ष दीपक गुरुङ्गको नेतृत्वमा गएको टोलीले कैलाश गाउँपालिका अध्यक्ष टंक बहादुर मोक्तान समक्ष ज्ञापनपत्र पेश गरेका हुन् । मोक्तानले ज्ञापनपत्र बुझ्दै यस बारेमा आफू सकरात्मक रहेको र तत्कालै बृहत छलफल गरेर शिक्षकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाश समिति सल्लाहकार रामकुमार बर्तौला, अध्यक्ष दीपक गुरुङ्ग, सचिव ईन्द्रमणी गौतम, पूर्व अध्यक्ष रत्न बहादुर लामा, शिक्षक महासंघ कैलाश सचिव रमलाल घलान, राजकुमार लामा,निराजन स्याङ्गतान लगायतको उपस्थिति रहेको थियो ।


