कविता-शिक्षा

कविता-शिक्षा  

प्रकृति अर्याल



सोचेको छु मन भन्दा ठूोलो अरु हैन

शिक्षा बिना दुनियाँमा,  कुनै धन छैन

तिम्रो हाम्रो मेरो पनि, उही नै हो धन

शिक्षा भन्दा अरु ठूलो, के हुन्छ र भन


दृष्टी हीनहरु पनि यसैबाट हेर्छन्

कलमहरु देशको मूहार शिक्षाबाटै फेर्छन्

शिक्षा लिन कैल्यै पनि हुन्न लजाउन

शिक्षा भन्दा अरु ठूलो, के हुन्छ र भन


जति बाँढ्यो उती बढ्छ ज्ञान चारैतिर

मेट्छ यस्ले दीनदुखीको दुख अनि पिर

विद्वता र श्रृजनाले फैलँदो छ झन

शिक्षा भन्दा अरु ठूलो, के हुन्छ र भन


सबै प्रश्न उत्तरित छन् यसका अघिल्तिर

शिक्षाले नै जन्माउँछ योद्धा  ठूला विर

अन्धकारलाई हटाएर ज्योति चम्काउँन

शिक्षा भन्दा अरु ठूलो, के हुन्छ र भन



सिद्दार्थ मावि,हेटौंडा-२,मकवानपुर

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.