बजेटले संवोधन नगरे इन्द्रसरोबर पालिकाले तलब बढाउने

शिक्षक संगठन मकवानपुरले दियो पालिकालाई सुझाव




    न्यून बेतनमा काम गर्दै आएका बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलब संघिय सरकारको बजेटले संवोधन नगरे मकवानपुरको इन्द्रसरोवर पालिकाले व्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।  नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर गाउँपालिकाले आज तेस्रो दिन सञ्चालन गरेको शिक्षक तालिम प्रशिक्षणका अवशरमा पालिका अध्यक्ष जीवन लामाले यस्तो प्रतिवद्धता ब्यक्त गर्नुभएको हो । अध्यक्ष लामाले शिक्षाको विकासमा इन्द्रसरोवर पालिका कुनैपनि कदममा पछि नहट्ने धारणा राख्नुभएको हो । पालिकाभर प्रविधीमा आधारित शिक्षक तयार पार्ने उद्धेश्यले संगठनले आज तेस्रो दिनपनि शिक्षक प्रशिक्षण कार्यक्रम जारी राखेको छ । 


इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाको प्रमूख आतिथ्यता तथा प्रमूख प्रशासकीय अधिकृत किरणनीधि तिवारी र संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यतामा समपन्न कार्यक्रममा इन्द्रसरोवर अध्यक्ष मन वहादुर स्याङ्तानको अध्यक्षता रहेको थियो ।

तेस्रो दिनको प्रशिक्षण पनि शिक्षक संगठन राष्ट्रिय समिति ICT ब्यूरो प्रमूख केशवराज घिमिरेले ले सहजीकरण गर्नुभएको हो । 


कार्यक्रममा बोल्दै प्रमूख प्रशासकीय अधिकृत विशेष अतिथी किरणनीधि तिवारीले इन्द्रसरोवर पालिकामा शिक्षा क्षेत्रलाई मजवुत बनाउँन आगामी बजेटमा आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने बताउनुभयो ।


यता अर्का विशेष अतिथी संगठन मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालले भने शिक्षाका क्षेत्रमा इन्द्रसरोवर पालिकाले खेलेको भूमिका सरहानीय रहेकोमा खुशी ब्यक्त गर्नुभयो । उहाले आगामी बजेटमा बालविकासमा काम गर्ने शिक्षकलाई समेत पुरस्कृत गर्न र प्रसुती विदाका अवधीमा समेत कक्षा खाली नगराउन  बजेटले सवोधन गर्न समेत सुझाव दिनुभयो । वहाँले शून्य दरवन्दीमा विद्यालयलाई स्वीकृती दिनुभन्दा यसअघि भएका त्यस्ता विद्यालयमा तत्काल दरवन्दी व्यवस्थापन गर्न समेत आग्रह गर्नुभयो ।



कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको लकडाउनलाई पनि रचनात्मक र प्रविमैत्री बनाउँन संगठनको गतिविधिलाई सक्रिय पारिएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । तेस्रो दिनको प्रशिक्षण कार्क्रममा पनि देशभरका झण्डै  १ सय ४० शिक्षकहरुले  भाग लिएका थिए । 


इन्द्रसरोबर CNT संस्थागत सहसचिव कुमार रुम्वाले सञ्चालन गर्नुभएको कार्यक्रममा  नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली अध्यक्ष पुरुषोत्तम पहाडी, कर्णाली प्रदेशबाट पूर्णबहादुर डाँगी, रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, रसुवा अध्यक्ष आङ् मायाँ शेर्पा, प्यूठान सचि ज्ञानहरी रिजाल मकवापुर सचिव पुरुषोत्तम आचार्य, पर्वत जिल्ला सचिव सुरेन्द्र शर्मा गौतम मकवानपुर कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, केन्द्रिय प्रतिनिधी लक्ष्मी रिमाल,  मकवानपुर सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल,  हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, सचिव गोपिरमण प्याकुरेल ,  थाहा नगर अध्यक्ष रुपचन्द्र गोपाली, वागमती सचिव टेक बहादुर जर्गा मगर लगायतको उपस्थिती रहेको थियो । संगठनका गाउँकमिटि सचिव भीमबहादुर स्याङ्तानले स्वागत गर्नुभएको कार्यक्रममा देशरबाट करिव १ सय ४० जना शिक्षकको सहभागिता रहेको थियो । 


डिजिटल जुम मिटिङ्ग मार्फत सञ्चालन भएको प्रशिक्षण कार्यक्रमलाई ननिदाएका शिक्षकहरु फेसबुक पेज र ESNL TV यूट्यूब च्यानलबाट समेत प्रत्यक्ष प्रशारण भइरहेको इन्द्रसरोबर CNT संस्थागत सहसचिव कुमार रुम्वाले बताउनुभयो ।


 भोलिपनि जारी रहने इन्द्रसरोवर पालिकाको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछानेले सहजीकरण गर्नुहुने जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.