राष्ट्रव्यापी कविता प्रतियोगिता नवसर्जकद्वारा सम्पन्न

 




        नवसर्जक साहित्य चाैतारी नेपालद्वारा आयाेजित राष्ट्रव्यापी माध्यमिक तहस्तरीय कविता प्रतियोगिता आज भर्चुअल माध्यम (जुम) मार्फत सम्पन्न भएकाे छ । गत वर्ष जेठ १ गतेदेखि सुरु भएकाे नवसर्जककेन्द्रित अनलाइन साहित्यिक प्रशिक्षणकाे प्रथम वार्षिकाेत्सवकाे अवसरमा आयाेजित उक्त प्रतियोगितामा सहभागी देशभरका ३० कविमध्येबाट छानिएका १० उत्कृष्ट कविहरूकाे कविता वाचन आज सम्पन्न भएकाे हाे ।

प्रतियोगितामा कपिलवस्तुस्थित श्री मावि कक्षा-११ का छात्र शिरीष बन्जाडे, कपिलवस्तुकै चिल्ड्रेन प्याराडाइज इङ्लिस बाेर्डिङ स्कुल कक्षा-६ की जाेशिका कँडेल "निशा" र मकवानपुरस्थित जी. एस. निकेतन मावि कक्षा-१० की राेश्नी चाैलागाईँ उत्कृष्ट ३ मा पर्न सफल भई पुरस्कृत भएका छन् । उत्कृष्ट ३ कविहरूलाई नगद रु. ३,०००/- सहित प्रमाणपत्र र केही थान साहित्यिक कृतिसहित पुरस्कृत गरिने आयाेजक नवसर्जक साहित्य चाैतारी नेपालका उपाध्यक्ष विभूति अधिकारीले बताए । 





प्रतियोगिता चाैतारीकी अध्यक्ष प्रसन्ना चाैलागाईँकाे अध्यक्षता तथा साहित्यकार एवम् समालोचक डा. नेत्र एटमकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे । कार्यक्रममा कविहरू प्राेल्लास सिन्धुलीय, टीका आत्रेय र सुदेश सत्यालले निर्णायककाे भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिल, प्रतियोगिताकी पुरस्कार व्यवस्थापक बिन्दा पराजुली बराल, रेडियाेकर्मी राम अविकास, चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, सल्लाहकारहरू रमेशमाेहन अधिकारी, डिबी बर्ताैला, ओमकुमारी बन्जारा रानाभाट, अर्चना दाहाल, जयन्ती आचार्य, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीलगायत प्रतियाेगी १० कविहरूकाे उपस्थिति रहेकाे थियाे ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.