गाउँ किन मलाई प्यारो लाग्छ ?

-अनसूया खनाल

सुन्दर शान्त प्रकृति छ मेरो सानो गाउँमा जन्मिएँ म हुर्किँदै छु यही प्यारो ठाउँमा मलाई सारै माया लाग्छ म जन्मेको घरको कहाँ पाउँला यस्तो घर संसारमा अर्को ।। छन त छ मेरो गाउँ शहरदेखि टाढा तर गाउँका मानिसमा माया हुन्छ गाढा धुलो धुवाँ छैन यहाँ शहरको जस्तो स्वच्छ हावा सफा पानी सबै चीज सस्तो ।। खेतीपाती गर्छन् कोही कोही पशु पालन मेहनतमा विश्वास गर्ने यहाँको छ चलन बारीभरि मकै फल्छ खेतभरि धान धान मकै भए पुग्छ वर्षभरि खान ।। कोही शहर कोही विदेश पुगे पुगे कता मलाई माया गर्ने गाउँ छोडी जान्न म ता केही काम मेरो गाउँमा गर्न पाए हुन्थ्यो गाउँको नाम सबैतिर छर्न पाए हुन्थ्यो ।। किनीदिनुस् आमा मलाई कलम र मसी मेरो गाउँको गीत लेख्छु चौतारीमा बसी अब कोही नजानु है छोडेर यो गाउँ छोडीजानेहरु पनि फर्किएर आउँ ।। हेटौँडा-१२, मकवानपुर ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.