हेटौंडा १६ ले गर्‍यो छिरिङ्ग लामालाई सम्मान सहित बधाई ज्ञापन


हेटौंडा १६ निवास छिरिङ लामा लाई नेपाल राष्ट्रिय फूटबल टिममा छनोट हुनु भएको मा  हेटौंडा १६ परिबारले हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरेको छ । मकवानपुर जिल्लाको मात्र नभई हेटौंडा १६ को समेत शान भएकोले आफ्नो मातृस्थानमा हेटौंडा १६ परिवारले छिरिङ्गलाई बधाई तथा स्वागत गरेको हो । 


राजन दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष तथा सामाजिक विकास संयोजक रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य गुरु प्रसाद ढकाल, चेतनशील दुग्ध उत्पादक सहकारी अध्यक्ष महेश ढकाल, सदस्य राम प्र तिमिल्सिना, समाजसेवी,शिक्षाकर्मी एवम् राजनीतिकर्मी वसन्त लामिछाने, विष्णुमान श्रेष्ठ, शेखर पोख्रेल, गोविन्द दुलाल, विनोद पोख्रेल, उद्धव प्रसाद दुलाल, कृष्ण बहादुर थापा, लक्ष्मीनारायण टोल विकास समिति अध्यक्ष शीव प्रसाद गौतम, बाल सञ्जालका अध्यक्ष उज्जवल कोईराला लगायतको आतिथ्यता रहेको थियो ।

जनप्रिय मावि विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् समाजसेवी कृष्ण प्रसाद पनेरुले सञ्चालन गर्नुभएको कार्यक्रममा लाई उल्लासका साथ हेटौंडा १६ ले छिरिङ लामा लाई स्वागत गरेको बताईएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.