![]() |
| अक्सिजन सिलिण्डर प्रदान गर्दै संगठन मकवानपुरका शिक्षक नेताहरु |
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवापुर जिल्लासमितिले आफ्नो तर्फबाट कोरोना भाईरस कोभिड १९ बाट संक्रमित बिरामीलाई लक्षित गरी ३० सिलिण्डर अक्सिजन सहयोग गरेको छ ।
संगठन मकवानपुरले संकटका बेला आफ्नो सामाजिक दायित्व पनि उत्तिकै हुनुपर्ने ठहर गर्दै अक्सिजन सहयोग गरेको हो । अक्सिजन अभावमा धेरैले ज्यान गुमाउनुपरेको र यसबाट मकवानपुरका पनि ३ जना शिक्षकले ज्यान गुमाईसकेकोले थप संकटलाई रोक्न आफूहरुले यस्तो अभियान चलाएको अध्यक्ष श्रीराम दाहालले बताउनुभयो । सिलिण्डर ग्रहण गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई र चिरञ्जीवी चुँडाल द्वयले संगठनको उत्साहप्रति खुशी ब्यक्त गर्नुभयो ।
अक्सिजन वितरण कार्यक्रममा संगठन अध्यक्ष श्रीराम दाहाल,उपाध्यक्ष लक्ष्मी गजुरेल, सचिव पुरुषोत्तम आचार्य, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, प्रचार विभाग प्रमूख सुनिल गौतम, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, सचिव गोपीरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिव प्रसाद लामिछाने, हेटौंडा नगर महासंघ अध्यक्ष दीपक अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

