नेपाल राष्ट्रिय शिक्षक संगठन मकवापुर जिल्लासमितिले कोभिड १९ को रोकथाम र आत्मबल विकासका लागि आज मनोपरामर्श सम्पन्न गरेको छ । यूनिफाईड कमाण्ड हस्पटिटलका कोभिड फोकल पर्सन अच्यूतराज कार्कीले देशभरबाट सहभागी शिक्षकलाई प्रशिक्षण दिनुभएको हो । प्रशिक्षणमा सहभागितामूलक देशभरका शिक्षकहरुको उपस्थिती रहेको थियो ।
शिक्षकहरु समाजका संवाहक हुन् । यहाँहरुले यो सबै जवाफ देशभर लैजानोस भन्दै कार्कीले कोभिडका विषयमा हालसम्मका तथ्य र भ्रम बारे प्रष्ट पार्नुभएको थियो । भर्चुअल जुममार्फत सम्पन्न प्रशिक्षणमा देशभरबाट करिव २ सय शिक्षकहरु उपस्थित रहेको संगठन मकवानपुर प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभएको हो । प्रशिक्षण पश्चात सहभागीहरुको जिज्ञासामाथि कार्कीले प्रत्यूत्तर दिनुभएको थियो ।
कार्यक्रममा शिक्षक नेताहरु संगठन राष्ट्रिय परिषद सदस्य सुन्दरी घिमिरे खतिवडा, वगामती प्रदेश अध्यक्ष नीरबहादुर कार्की, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, संगठनका शिक्षक नेताहरु पूर्ण पूरी (चितवन), रामप्रसाद ढकाल (पाल्पा), आङ्गमायाँ शेर्पा (रसुवा), पूर्ण डाँगी (कर्णाली) मोचनाथ न्यौपाने (रसुवा), पुरुषोत्तम पाहाडी(सिन्धुली), रिता पाठक (मोरङ्ग), ज्ञानहरि रिजाल (प्यूठान) लगायत उपस्थिती रहेको थियो ।
त्यसैगरी मकवानपुर कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, केन्द्रिय प्रतिनिधी लक्ष्मी रिमाल, पूर्व सचिव केशव प्रसाद सञ्जेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल,सहकारी संगठन मकवानपुर सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने,मकवानपुरगढी अध्यक्ष शीवप्रसाद लामिछाने, सचिव गोपिरमण प्याकुरेल , थाहा नगर अध्यक्ष रुपचन्द्र गोपाली, वागमती सचिव टेक बहादुर जर्गा मगर CNT संस्थागत सहसचिव कुमार रुम्वा, पर्वत जिल्ला सचिव सुरेन्द्र शर्मा गौतम इन्द्रसरोवर उपाध्यक्ष संरचना शर्मा लगायत प्रतिनिधीमूलक रुपमा देशभरबाट उपस्थिती रहेको थियो ।
अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको हो । कार्यक्रम भोलिपनि जिल्ला समितिकै नेतृत्वमा ११ बजेबाट शुरु हुने छ । यसअघि जिल्लासमिति मकवानपुरले संगठनकै इतिहास ब्यूँझाउनेगरी कोभिड १९ को प्रथम चरणमा ६० दिने ICT तालिम र ५ महिने ननिदाएका शिक्षकहरु श्रृखंला अभियान चलाएको प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो ।

