उद्याेग वाणिज्य संघ मकवानपुरद्वारा क्यान मकवानपुर सम्मानित



उद्योग वाणिज्य संघ मकवानपुरले नवनिर्वाचित क्यान मकवानपुरको कार्यसमिति टोलीलाई स्वागत तथा सम्मान गरेको छ। आइतबार उद्योग वाणिज्य संघ मकवानपुरको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उद्योग वाणिज्य संघ मकवानपुरले गत हप्ता निर्वाचित कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) मकवानपुरको नयाँ कार्य समितिलाई स्वागत तथा सम्मान गरेको छ। कार्यक्रममा कम्प्युटर एशोसियन अफ नेपाल बागमती प्रदेशका अध्यक्ष पुष्पराज पुडासैनी तथा जिल्ला अध्यक्ष शिव श्रेष्ठसहितको टोलीलाई खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष गुप्ता लगायतले क्यान मकवानपुरसँग सहकार्य गरेर अघि बढ्ने ईच्छा रहेको बताउनु भयो । उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्ष राजु अधिकारी लगायत कार्यसमिति सदस्यहरू कृष्ण कोइराला, अंकिता सुमार्गी तथा क्यान मकवानपुर अध्यक्ष शिवकुमार श्रेष्ठ, उपाध्यक्षद्वय चिरनकुमार घिमिरे, उमेश थिङ, सचिव गोविन्द चौलागाईँ, कोषाध्यक्ष श्रीराज खतिवडा, सदस्यहरू जानुका श्रेष्ठ, संप्रस पौडेल, श्रवणकुमार श्रेष्ठ,सहदेव ढकाल लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.