संगठन मकवानपुरले संगठनको गरिमालाई कदापि घट्न नदिने- अध्यक्ष दाहालको भनाइ
![]() |
| जुम मिटिङ्गमा सहभागी हुँदै शिक्षकहरु |
नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर गाउँपालिकाले महिला हिंसा, बाल अधिकार तथा विद्यालयमा हुने हिंसा सम्वन्धी एकदिने प्रशिक्षणात्मक कार्यक्रम आज सम्पन्न गरेको छ । जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक महासंघ इन्द्रसरोबरका अध्यक्ष सहदेव रिमालको विशेष आतिथ्यता रहेको थियो । डिजिटल जुम मिट मार्फत सम्पन्न भएको कार्यक्रम इन्द्रसरोवर अध्यक्ष मान बहादुर स्याङ्तानको अध्यक्षतामा भएको हो ।
कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको लकडाउनलाई रचनात्मक बनाउन तथा संगठनका गतिविधिलाई सक्रिय गराईराख्न कार्यक्रम गरिएको संगठनका जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । उद्घाटन सत्र र प्रशिक्षणात्मक सत्र गरि २ चरणमा भएको कार्यक्रममा देशभरका झण्डै १ सय शिक्षकहरुले कार्यक्रममा भाग लिएका थिए । प्रशिक्षणात्मक सत्रलाई भने अधिवक्ता रामशरण लामिछानेले सहजीकरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथी दाहालले मकवानपुर जिल्ला संगठनको जननी जिल्ला समेत भएकोले त्यसको गरिमालाई अझै उँचो बनाउन १० वटै पालिका र देशभरका संगठनकर्मीहरुले खेल्नुभएको भूमिकाप्रति आफूहरु सन्तुष्ट रहेको बताउनुभयो । वहाले कार्यक्रम ननिदाएका शिक्षकहरुको श्रृखलाले संगठनको गतिविधिलाई अन्तराष्ट्रियकरण गरेको समेत कार्यक्रममा स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन ICT ब्यूरो प्रमूख एवम् गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष केशवराज घिमिरे, रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, रसुवा अध्यक्ष आङ् मायाँ शेर्पा, मकवापुर सचिव पुरुषोत्तम आचार्य, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, केन्द्रिय प्रतिनिधी लक्ष्मी रिमाल, मोरङ्ग सहसचिव रिता पाठक दाहाल, मकवानपुर सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल, प्रदेश हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, सचिव गोपिरमण प्याकुरेल केन्द्रिय प्रतिनिधी लक्ष्मी रिमाल, थाहा नगर अध्यक्ष रुपचन्द्र गोपाली, इन्द्रसरोबर CNT संस्थागत सहसचिव कुमारसिं रुम्वा, लगायतको उपस्थिती रहेको थियो । संगठनकी सहकोषाध्यक्ष सरस्वती थापाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उपाध्यक्ष संरचना शर्माले स्वागत गर्नुभएको थियो ।
भोलिपनि जारी रहने इन्द्रसरोवर पालिकाको कार्यक्रममा शिक्षक संगठन ICT ब्यूरो प्रमूख केशवराज घिमिरेले सहजीकरण गर्नुहुने जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । आजको कार्यक्रममा पूर्व झापा देखि पश्चिम डोटी जिल्लासम्मका सहभागीले उत्साहजनक सहभागिता जनाएका थिए ।

