बालबिकास र कर्मचारीलाई बजेटले संवोधन गरेको कदम स्वागतयोग्य

 संगठन मकवानपुरअध्यक्ष दाहालले गरे शिक्षा बजेटको समीक्षा




    न्यून बेतनमा काम गर्दै आएका बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलब संघिय सरकारको बजेट बक्तब्यले केही हदसम्म संवोधन गरेको कदम स्वागतयोग्य रहेको टिप्पणी गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर गाउँपालिकाले आज चौथो दिन सञ्चालन गरेको शिक्षक तालिम प्रशिक्षणका अवशरमा शिक्षक संगठन वागमती प्रदेश सचवालय सदस्य मोहन शर्माले यस्तो धारणा ब्यक्त गर्नुभएको हो । 

शर्माले सरकारको यो कदमलाई शिक्षक संगठनको निरन्तरको पेशागत आन्दोलनको उपलब्धीका रुपमा गर्हण गरेको बताउनुभएको छ । पालिकाभर प्रविधीमा आधारित शिक्षक तयार पार्ने उद्धेश्यले संगठनले आज चौथो दिनपनि शिक्षक प्रशिक्षण कार्यक्रम जारी राखेको छ । 

शिक्षक संगठन वागमती प्रदेश सचवालय सदस्य मोहन शर्माको प्रमूख आतिथ्यता तथा संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यतामा समपन्न कार्यक्रममा इन्द्रसरोवर अध्यक्ष मन वहादुर स्याङ्तानको अध्यक्षता रहेको थियो ।

चौथो दिनको प्रशिक्षण लाई भने शिक्षक संगठन राष्ट्रिय  परिषद् सदस्य  एवम् विशेष अतिथी रमेशप्रसाद लामिछाने र राष्ट्रिय समिति ICT ब्यूरो प्रमूख केशवराज घिमिरेले ले सहजीकरण गर्नुभएको हो । सहजीकरणका क्रममा लामिछानेले नेपाल राष्ट्रिय शिक्षक संगठन पेशागत आन्दोलनको देशकै पहिलो र जननी सस्था भएको तथा त्यसको उदय मकवानपुर जिल्लाबाट भएका हुनाले यसको गरिमालाई उँचो बनाउन मकवानपुर लगायत सबै संगठनकर्मीहरुले कहिल्यै भूल्न नहुने बताउनुभयो ।

यता विशेष अतिथी संगठन मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालले भने शिक्षाका क्षेत्रमा  सरकारले शनिबार प्रस्तुत गरेको बजेट बक्तब्यमाथि समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । बजेटमा  बालविकास कर्मचारी तथा विद्यालय कर्मचारीको तलव बृद्दी,तहगत दरवन्दी बढुवाको ढोका खोलिनु, विद्यार्थीलाई निशुल्क सिमकार्डको ब्यवस्था, विद्यार्थी सहुलियत कर्जामा ल्यापटपको ब्यवस्था निशुल्क ईन्टरनेट तथा दीवा खाजा कार्यक्रमको निरन्तरता जस्ता सवल पक्ष रहदा रहँदै पनि केही छुटाउनै नहुने पक्ष छुटेको प्रति टसमीक्षा राख्नुभयो ।

दाहालले संघिय शिक्षा ऐन बारे बजेट मौन रहनु,शिक्षामा १०.९३ प्रतिशत मात्रै न्यून बजेट छुट्याईनु, समयानूकूल शिक्षकको तल बृद्धी नहुनु, शिक्षक अस्पतालबारे सरकार मौन रहनु, कोभिड पीडित र मृतक शिक्षक कर्मचारीप्रति मौन देखिनु र समयमै शिक्षकलाई खोपको व्यवस्था बारे बजेटले समेट्न नसकेको प्रति दुख समेत ब्यक्त गर्नभयो ।

चौथो दिनको प्रशिक्षण कार्क्रममा पनि देशभरका झण्डै  १ सय ३५ शिक्षकहरुले  भाग लिएका थिए । कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको लकडाउनलाई पनि रचनात्मक र प्रविमैत्री बनाउँन संगठनको गतिविधिलाई प्रशिक्षणमूलक पारिएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । 

इन्द्रसरोबर CNT संस्थागत सहसचिव कुमार रुम्वाले सञ्चालन गर्नुभएको कार्यक्रममा  नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली अध्यक्ष पुरुषोत्तम पहाडी, कर्णाली प्रदेशबाट पूर्णबहादुर डाँगी, रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, रसुवा अध्यक्ष आङ् मायाँ शेर्पा, प्यूठान सचि ज्ञानहरी रिजाल मकवापुर सचिव पुरुषोत्तम आचार्य, पर्वत जिल्ला सचिव सुरेन्द्र शर्मा गौतम मकवानपुर कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, केन्द्रिय प्रतिनिधी लक्ष्मी रिमाल,  मकवानपुर सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल,  हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, सचिव गोपिरमण प्याकुरेल ,  थाहा नगर अध्यक्ष रुपचन्द्र गोपाली, वागमती सचिव टेक बहादुर जर्गा मगर इन्द्रसरोवर उपाध्यक्ष संरचना शर्मालगायतको उपस्थिती रहेको थियो । संगठनका गाउँकमिटि सचिव भीमबहादुर स्याङ्तानले कार्यक्रमलाई स्वागत गर्नुभएको थियो ।  

डिजिटल जुम मिटिङ्ग मार्फत सञ्चालन भएको प्रशिक्षण कार्यक्रमलाई ननिदाएका शिक्षकहरु फेसबुक पेज र ESNL TV यूट्यूब च्यानलबाट समेत प्रत्यक्ष प्रशारण भइरहेको इन्द्रसरोबर CNT संस्थागत सहसचिव कुमार रुम्वाले बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन  इन्द्रसरोवरको प्रशिक्षणात्मक कार्यक्रम भोलि सोमबार पनि जारी रहने संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.